सिन्धुपाल्चोक जिल्लामा रहेको हेलम्वु गाउँपालिका अन्तर्गत मेलम्ची घ्याङ् माध्यमिक विद्यालयमा पनौती नगरपालिकाका सबै सामुदायिक विद्यालयहरूको प्रधानाध्यापकहरूको अध्ययन अवलोकन भ्रमण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्बन्धमा मिति २०८१ जेठ १९ र २० गते आइतबार सम्मका लागि मेलाम्ची घ्याङ माध्यमिक विद्यालयको लागि बिहान ७ बजे प्रस्थान गरियो ।
यात्राको पहिलो दिन करिव ११ घण्टाको यात्रामा पाल्चोकि माईको पनि दर्शन गर्ने अवसर मिल्यो । विद्यालय नजिकै वास वसियो । वेलुका दिन भरिको थकाइ मार्न हल्का नाचगान गरियो । त्यस पश्चात आ आफ्नो वासस्थान तिर लागियो । भोलि पल्ट मिति २०८१ जेठ २० गते विहान ५ वजे उठेर मुख धोएर नजिकैको घ्याङ्मा गएर ध्यान गरियो । बस्ति घुम्दै खाजा खाएर ८ः३० वजे विद्यालय पुग्यौं । विहानी प्रार्थना सभा अवलोकन गर्यौं । फरक शैलीको थियो । कुनै एउटा कक्षाका सबै विद्यार्थीले प्रार्थनाको अन्तिममा आफ्नो कुनै न कुनै प्रतिभा प्रस्फुटन गर्नुपर्ने जस्ले बिद्यार्थीको वोल्ने शैलीको विकास भएको पाईयो ।
१८४ घरधुरी भएको स्थानमा करिव ३३५ विद्यार्थी मध्ये ३ सय जना वाहिरी जिल्लाका होस्टेलमा वस्ने र ३५ जना स्थानीय विद्यार्र्थी रहेको पाईयो । विद्यालय ८ः३० देखि ९ वजे सम्म प्रार्थना सभा र ९ः३० देखि कक्षा संचालन ४ः१५ बजे सम्म ।
गृहकार्य त्यहि गराउने । छात्रको र छात्राको छुट्टाछुट्टै होस्टेल । होस्टेल चार्ज वाहेक कुनै शुल्क नलिने । अतिरिक्त कक्षा संचालन शिक्षकलाई प्रोत्साहन भत्ता उपलव्ध । केही फल्याकवाट वनेको विद्यालय । अंग्रेजी माध्यमवाट कक्षा संचालन । सभ्यताको विकास । हात गोडा नधोई भित्र नपस्ने । शिक्षकका व्यक्तिगत समस्या वाहेक अफिसियल समस्या प्र.अ. लाई मेसेज गरेर जानकारी गराउनु पर्ने र कक्षाको समाप्तिमा सवैलाई वोलाएर समाधान गर्ने ।
राजनीति भन्दा टाढा विद्यालय कै काममा तल्लिन । पाठयोजना वनाएर कक्षा प्रवेश । प्रत्येक विद्यार्र्थीको पोर्ट फोलियो र राख्ने दराजको उचित व्यवस्थापन । सवै कक्षामा कार्पेट बिछ्याइएको र जुत्ता खोलेर जानूपर्ने । विद्यार्र्थीलाई कार्य विभाजन सोहि अनुसार सरसफाइ, पानी व्यवस्थापन इत्यादि भैसक्नु पर्ने कक्षा कोठा सफा सुग्घर । प्र अ, शिक्षक मिलेर अन्य व्यवस्थापन गर्ने । उदार कक्षान्नेती नगरी पास पास फेल फेलै गर्ने ।
कक्षा १० पुगे पछि सवै विद्यार्थी दशै तिहार विदा पछि होस्टेल अनिवार्य बस्नुपर्ने । गृहकार्य नगर्नेलाई छुट्टि पछि भए पनि गृहकार्य नवुझाई घरमा जान नपाईने । महिनाको १ पटक छात्रा को लागि आमा र छात्रको लागि वुवा अभिभावक वोलाएर छलफल गर्ने र समस्या समाधान गर्ने । शिक्षकले आइटि ज्ञान अनिवार्य पाएकै हुनुपर्ने र प्रत्येकलाई ल्यापटपको व्यवस्था गरिएको । परियोजना कार्यमा आधारित शिक्षण कृयाकलाप । परीक्षामा ४० उतिर्णाङ्कको व्यवस्था भएको । प्रश्नपत्र शिक्षक आफै निर्माण गर्ने । नगरस्तरिय नगरले परीक्षा लिने । मनिटर र भाइस मनिटरको व्यवस्था । प्रत्येक कक्षाको कक्षा शिक्षकलाई संपूर्ण जिम्मेवारी । विद्यार्थीले गल्ती गरे काउन्सिलिङ् गर्ने र दाहोरिने अवस्था हुन नदिने । ९ जना सरकारवाट, २ जना वोधिसत्वबाट र ७ जना वेल्जियम सरकारले शिक्षक सहयोग गरेको । वेल्जियम सरकारको विशेष सहयोगवाट विद्यालय संचालन भएको साथै अनुशासनको कडिमा बिद्यार्थी अनि सम्पूर्ण पक्ष लाई राखिएको बिषय सम्झन योग्य थियो ।
भौगोलिक बिकटता सँगको कठिन यात्रा गर्दै अन्तिममा मेलम्ची खानेपानी आयोजनाको मुहान र बाढिले गरेका क्षति अवलोकन गर्ने अवसर पनि प्राप्त भयो । यसको लागि शिक्षा युवा तथा खेलकुद शाखा पनौती नगरपालिका प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछु ।