पनौती
साबिक कुशादेवी गाबिसका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता, पनौती ३ का पूर्व सभापति सामाजिक अभियान्ता कर्ण बहादुर सापकोटाको निधन भएको तेह्रौ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
नेपाली काँगेस पनौती नगरपालिका वडा नं ३ द्वारा आयोजित कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य शिब प्रसाद हुमागाईले वि.पीको आर्दशलाई शिरोपर गरी आजीवन राजनीतिमा सक्रिय सापकोटाको निधनले समग्र नेपाली काग्रेस पार्टीलाई क्षति पुगेको बताए ।
सभामा उपस्थिति वक्ताहरुले पञ्चायतकाल देखि नै विपीको सपनाले मात्र सामाजिक परिवर्तन सम्भव छ भन्ने मान्यता राख्ने सापकोटा पार्टी प्रति बफादार कार्यकर्ताका रहेको भन्दै सामाजिक सेवामा निरन्तर अघि बढिरहेका कर्णबहादुर प्रजातन्त्र सेनानी देविप्रसाद सापकोटा र निलकण्ठ सापकोटा पछिका ईमान्दार तथा निस्वार्र्थी कर्तव्यनिष्ठ नेताको रुपमा चित्रित गरेका थिए ।
कुशादेवी क्षेत्रमा बाटो, बिद्यालय, बिजुलीबत्ती,खानेपानी लगाएतका विकास निर्माणमा उनको योगदानको चर्चा गरिएको थियो ।
सभामा पनौती नगरप्रमुख रामशरण भण्डारी, नेपाली कांग्रेस पनौती नगरसमितिका कार्यवाहक सभापति श्रीराम थापा, जिल्ला सदस्य कुबेर सापकोटा, कांग्रेस नेताहरु सोम प्रसाद हुमागाई, बिष्णु सापकोटा उध्दबप्रसाद बोलखे तथा परिवारका सदस्य सुदिप सापकोटा, कृष्णप्रसाद सापकोटा लगायतले स्वर्गाीय सापकोटाको योगदानको चर्चा गरेका थिए ।
सभा नेपाली काँग्रेस वडानं ३ सभापति धुर्वप्रसाद सापकोटाकाे सभापतित्वमा भएकाे थियोे ।
सापकोटाको माघ ८ गते निधन भएको थियो । उनका श्रीमती,एक छोरा,बुहारी र ५ छोरीहरु रहेका छन् ।