पनौती
अर्गनिक इन्गेजमेन्ट संस्थाको सहयोगमा पनौती नगरपालिका वडा नं ६मा रहेको गोरखनाथ आधारभूत विद्यालयका बालबालिकाहरुलाई झोला तथा स्टेसनरी सामग्री वितरण गरिएको छ ।
विहीवार विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो । सामग्री वितरण गर्दै संस्थाकी टे«नी लौरियाले विपन्न गरिब परिवारका विद्यार्थीहरुलाई स्टेसनरी, झोला वितरण गर्न पाएकोमा खुशी लागेको बताइन । संस्थाकी अर्की प्रतिनिधि फ्लोरा भिसी पौडेलले विद्यालयले अवसर उपलब्ध गराइदिएकोमा खुशी व्यक्त गर्दै संस्थाको बारेमा जानकारी गराइन् । उक्त कार्यक्रमको सहजीकरण संस्थाका भुवन बस्नेतले गरेका थिए ।

वार्षिक परीक्षाको नतिजा प्रकाशन समेत गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा पनौती नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भीम प्रसाद आचार्य रहेका थिए । आचार्यले कार्यक्रममा बोल्दै वडा भित्र एकमात्र सामुदायीक विद्यालय रहेको र यस विद्यालयको गुणस्तर अभिबृद्धिका लागि वडा कार्यालयबाट कुनै कसुर बाँकी नराख्ने बताए । वडा सदस्य दीपक खड्काले विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि पक्षलाई तथा दिगो राख्दै सामुदायिक विद्यालय प्रतिको आकर्षण बढाउनुपर्ने बताए ।
कार्यक्रममा स्थानीय शिक्षा सेवी तथा बुद्धिजिवीहरु तथा विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ प्रतिनिधि लगायत अभिभावकहरुको उपस्थिति थियो । स्थानीय शिक्षासेवी धर्मराज खड्काले विद्यालयबाट हरेक वर्ष कक्षा ८ मा प्रथम स्थान हासिल गर्ने विद्यार्थीका लागि नगद ५ हजार सहित प्रमाणपत्रले पुरस्कृत गर्ने गरेका छन । त्यसै गरी पूर्व शिक्षक समेत रहेका अर्जुन खड्काले ‘वातावरणीय’ विषयमा निबन्ध लेखन गराइ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित पुुरस्कार प्रदान गर्ने गरेका छन् । यस वर्ष पनि खड्का द्वयलेउक्त कार्यलाई निरन्तरता दिए ।
त्यसै गरी स्थानीय समाजसेवी भरत खड्काले सिर्जनात्मक क्रियाकलाप प्रस्तुत गर्ने विद्यार्थीहरुका लागि नगद पुरस्कार प्रदान गरेका थिए भने अर्का समाजसेवी स्थानीय भीम प्रसाद सापकोटाले यसै शैक्षिकसत्र देखि कक्षा ७ उत्र्तीण गर्र्नेे गैह्र दलित छात्र विद्यार्थीका लागि विद्यालय पोसाक उपलब्ध गराउने बताए ।
विद्यालयका प्रधानाध्याक ईश्वर बहादुर भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै सबैको साथ सहयोगले नै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको दावी गर्दै सहयोगी संस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिए ।
कार्यक्रमको सभापति समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सापकोटाले सहयोगी संस्था ‘आर्गनिक इन्गेजमेन्ट’ लगायत विविध सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिमा अभिभावकको पनि उत्तिकै दायित्व रहने बताए । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार तिमल्सिनाले गरेका थिए ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |