पनौती
पनौती नगरपालिकाद्वारा आयोजित यस वर्षको राष्ट्रपति रनिङशिल्ड भालेश्वर मा.वि पनौतीले हात पारेको छ । भालेश्वरकोे यो नियमिति दोस्रो पटकको सफलता हो ।
मंसिर २० देखि २२ गते सम्म संचालन भएको प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । भालेश्वर मा.विले ८ स्वर्ण र ७ रजत सहित प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
त्यसैगरी इन्द्रेश्वर मा.वि पनौती र कुुशादेवी मा.वि, कुशादेवी पनौतीले समान ५ स्वर्ण र ४ रजत सहित द्वितीय, काभ्रे मा.वि पनौतीले ४ स्वर्ण १ रजत सहित तृतीय स्थान हासिल गरेका छन् ।
राष्ट्रपति रनिङ्ग शिल्ड संञ्चालन निर्देशिका २०७० संसोधन सहितको व्यवस्था बमोजिमका खेलहरु एथेलेटिक्स, रिले रनिङ, सटपुट थ्रो, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटपुट थ्रो, ज्याबलिङ थ्र्राे कपड्डी, भलिबल जस्ता खेलहरु संचालन भएका थिए ।
प्रतियोगितमा नगरभित्रका २८ विद्यालयका १ हजार ३ सय ६ जना खेलाडी विद्यार्थीहरुको सहभागिता रहेको नगरपालिकका शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले जनकारी दिए ।
खेलकुद कार्यक्रम पछि शुक्रबार साँझ आयोजित औपचारिक समापन कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले विजेताहरु तथा बेस्टप्लेयरलाई शिल्ड तथा विधागत रुपमा मेडल,ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, निर्देशक प्रणराज न्यौपाने, सामाजिक विकास समिति संयोजक तथा पनौती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष विपेन्द्र लामा राष्ट्रिय रेफ्रीहरु राजन खत्री, विजय के.सी लगायतका निर्णायकहरु विद्यालयका प्रधानाध्याक शिक्षक विद्यार्थीहरु तथा सहभागी विद्यालयका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।