• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

२ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  सम्पादकीय
  • ३६४ पटक पढिएको
  • समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

  • २०८२ अषाढ ६, शुक्रबार (१0 महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    संघीयता अभ्यासमा रहेको नेपालमा संघ, प्रदेश र स्थानीय तहहरूले आफ्नो–आफ्नो अधिकार क्षेत्रभित्र नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने अभ्यास संस्थागत हुँदै गएको छ । संघ र प्रदेश सरकारहरूले आगामी वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिसकेका छन् भने स्थानीय तहहरू अहिले वर्षे अधिवेशनमार्फत बजेट प्रस्तुतिको चरणमा छन्। । यहीँ परिवेशमा बजेट विनियोजनको प्रक्रियामा देखा परिरहेको असमानता र विभेदले संघीय शासन प्रणालीको उद्देश्य र मर्मलाई नै क्षीण बनाउने खतरा निम्तिएको छ।

    संघीयताको मूल मर्म नै सबै क्षेत्र, वर्ग र भूगोलमा समानुपातिक विकास कार्य संचालन गर्नु हो । जनताले आफ्नो आवश्यकता र समस्या अनुसार सेवा सुविधा पाउने, विकासका पूर्वाधार निर्माणमा समावेशी दृष्टिकोण अपनाइने र विधिको शासनअनुसार न्याय पाउने अपेक्षा राखेका हुन्छन् । तर, पछिल्ला वर्षहरूमा खासगरी प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया वैज्ञानिक, समन्यायिक र न्यायोचित बन्न नसकेको सर्वत्र गुनासो सुनिन थालेको छ ।

    गत वर्ष असोज दोस्रो साता आएको बाढीले देशका धेरै स्थानमा भौतिक संरचनामा गम्भीर क्षति पु¥यायो । त्यसबेला स्थानीय तहहरूले हिउँदे अधिवेशनमार्फत बजेट रकमान्तर गरी विपद् व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेका थिए । तर, प्रदेश सरकारले भने हरेक विषयमा विपद्लाई कारण देखाएर मात्र बहाना बनाएको आरोप नेतृत्वबाट नै लाग्ने गरेको छ । भरखरै विनियोजित बजेटले विपद् प्रभावित क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने भए पनि पर्याप्तता देखिएन् । जुन पुरानै गति र मात्रामा छ । अन्य क्षेत्रको तुलनामा प्रभावित क्षेत्रलाई महत्व दिइएको देखिँदैन । यो संवेदनहीनता केवल कार्यक्षमता होइन, नीति निर्माण तहमै विभेदपूर्ण दृष्टिकोण देखिनु हो, जसले असन्तोष चुल्याउने काम गर्छ।

    यही कारणले स्थानीय सरकारका जनप्रतिनिधिहरूमै प्रदेश सरकारप्रति गम्भीर असन्तुष्टि देखिएको छ । कतिपयले त प्रदेश सरकार आवश्यक नरहेको भन्दै यसको खारेजीको मागसमेत उठाउन थालेका छन्। । यो माग केवल भावनात्मक प्रतिक्रिया मात्र नभई व्यवहारमा महसुस गरिएको विभेद र उपेक्षाको परिणाम हो भन्ने बुझिनुपर्छ।

    असली नेतृत्व भनेको सबै क्षेत्र, समुदाय र आवश्यकता समेट्ने समावेशी दृष्टिकोणबाट विकासको खाका कोर्न हुनुपर्छ । विभेदपूर्ण दृष्टिकोणको आभाष सम्म हुनु हुँदैन । विभेदले कुनै पनि नेतृत्वले राम्रो शासन दिन सक्दैन । बजेट जस्तो संवेदनशील र प्रभावकारी उपकरणलाई व्यक्तिगत, पार्टीगत वा भूगोलगत पूर्वाग्रहमा आधारित बनाएर प्रयोग गरिनु सबैभन्दा गम्भीर राजनीतिक र नैतिक त्रुटि हो ।
    बर्तमान परिवेश, सर्वसाधरणको बुझाईले समन्यायिक, वैज्ञानिक र आवश्यकता आधारित बजेट विनियोजनतर्फ अघि बढ्न नसके संघीयताको मर्ममाथि नै कुठाराघात हुनेछ । नागरिकको विश्वास घट्दै जान्छ, र त्यो अवस्थाले समग्र संघीय संरचनालाई नै संकटमा पार्न सक्छ।

    अबको आवश्यकता भनेको प्रदेश सरकारले विभेदरहित, पारदर्र्शी र उत्तरदायी नीति र बजेट निर्माण प्रक्रिया अपनाउनु हो । विपद्लाई बहाना होइन, सुधारको अवसर ठानी, विपद् प्रभावित क्षेत्रको पहिचानसहित तत्काल पिडितले महशुस गर्ने गरी पुनःनिर्माण र दीर्घकालीन पूर्वाधार योजनामा ध्यान दिन सक्नुपर्छ।

    बजेट कुनै शक्ति प्रदर्शनको माध्यम हुनु हँुदैन । यो त जनअपेक्षा, न्याय र विकासको आधार हो । त्यसलाई सही ढंगले बुझेर मात्र प्रदेश सरकार जनताको विश्वास जित्न र संघीयतालाई सार्थक तुल्याउन सक्षम हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्पादकीय सम्बन्धि थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    ह्वातै बढेको बजार मूल्यले गरिबको दशैं खल्लो बन्दै

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution