मानिसका दैनिक आवश्यकता भित्र के–के पर्छन ? यहीँ प्रश्न गर्ने हो भने सबैबाट यस प्रश्नको एउटै साझा जवाफ प्राप्त हुँदैन । यो कारण, देशकाल परिस्थिति अनुसार मानिसका आवश्यकता थपिँदै जाने अनुभवले नै सिद्ध गरेको छ ।
मानिसका आधारभूत आवश्यकतामा सुरक्षा मनोरञ्जनलाई त धेरैले जोडेका छन् । त्यससँगै बर्तमानमा समाचार सूचना जानकारी पनि दैनिक आवश्यकताको विषय बनेको छ । शंखध्वनीको आवाज सँगै शुरुहुने रेडियो नेपाल अनि रेडियोमा बज्ने समाचार सु्गम क्षेत्रमा बिहान पसलमा गएर किनिने पत्रपत्रिका, अनि कठिनले प्राप्त हुने टेलिभिजन प्रशारणबाट समाचार सूचना ग्रहण गर्ने हाम्रो समाजले काँचुली फेरीसकेको छ ।
देशका सुगम वा दुर्गम धेरैजसो क्षेत्रका नागरिकको पहुँचमा इन्टरनेट पुगेको छ । प्रविधिको विकास र विश्वव्यापीकरणको प्रभाव इन्टरनेट चल्ने मोबाइल अधिकांशका हातहातमा पुगेका छन् । विकसित प्रविधिका कारण सूचना तथा जानकारीहरुले पनि यसैमा स्थान जमाएको छ । रेडियो टेलिभिजन मात्र होइन बिहान पसल सम्म गएर पाना पल्टाउँदै पढ्नुपर्ने समाचार पत्र समेत इन्टरनेटको पहुँचमा पुगेका छन् ।
विकसित प्रविधिसंगै प्रयोगमा आएका संजालहरुले सबैको मन जितेको छ । ‘सोसल मिडिया’ होस या ‘मिडिया’को उपयोग गरेर विश्वभर भएका अद्यावधिकताका विषयहरु नयाँसूचनाहरु क्षणभरमा एक क्लिकमा प्राप्तगर्ने चाह बढेको छ । यहीँ इच्छा, आकांक्षा तथा बढ्दो परम्परालाई आत्मसाथ गर्दै हामीले पनि डिजिटल प्रविधिमा आधारित मिडिया ‘साझा पत्रिका’को शुभारम्भ गर्यौं । यस अवधिमा हामीले अपेक्षाकृत साथ साहयोग र माया पाएको अनभूति गरेका छांै ।
नेपाल अधिराज्यभर आधिकारीक रुपमा संचालन भएका ४ हजार २ सय बढि यस प्रकारका मिडिया भित्र आजबाट हामीले पनि आधिकारिक रुपमा दर्ता तथा सूचिकरणको प्रमाणपत्र प्राप्त गरेका छौं । सूचना तथा संचारका नीति नियम तथा आचार संहिताको पालिना सहित समयको माग र पाठकको चाहाना अनुसारका सामग्रीहरु नियमिति रुपमा पस्कँदै जाने प्रतिवद्धता व्यक्त गर्दर्छौ । साथै पाठक,बिज्ञापनदाता तथा शुभचिन्तकहरुबाट नियमित रुपमा सुझाव सहित साथ सहयोगको अपेक्षा गरेका छौं ।