हाम्रो बारेमा
सूचना प्रविधिमा सबैको आकर्षण छ । त्यसमा पनि सूचना, समाचार तथा जनचासोका विषयमा त अपेक्षा बढि नै हुन्छ । भूमण्डलीकरणको प्रभाव पाठकमाझ पनि उत्तिकै छ । विश्व परिवेशका नयाँ विषय क्षणभरमै ग्रहण गर्ने इच्छा सबैमा व्यग्र हुन्छ । विश्वव्यापिकरणका हुन् या स्थानीय विषय जानकारी राख्ने, सहभागिता जनाउने भनौ वा प्रतिकृया व्यक्त गर्ने मानव चाहना अनुरुप संचारको क्षेत्रमा अनलाइन मिडियाहरुको उपस्थिति बढ्दो छ ।
त्यसैको उपज हो साझा पत्रिका । समाजमा विभिन्न आधारमा परिचित वर्गहरुका साझा विषयलाई उजागर गर्दै पाठकमाझ पस्कने उद्देश्य हाम्रो हो ।