बनेपा/नेपाल भौगोलिक रुपमा विकट सँगै रमणिय पनि छ । भौगोलिक बिकटताकै कारण विद्यालय शिक्षा प्रभावित बनिरहेको छ ।
घण्टौं लगाएर विद्यालय जानुपर्ने बालबालिकाको बाध्यता रहेको छ । विद्यालय जाँदा विहान खाना नै नखाइ जानुपर्ने बाध्यता वालबालिकाहरुको छ । यसै विषयलाई मध्यनजर गर्दै नेपाल सरकारले विद्यालय दिवा खाजा कार्यक्रम लाई निरन्तरता दिएको छ । यसलाई विद्यालय पोषण कार्यक्रम अन्र्तगत पनि राखिएको छ ।
नन्दादेवी आ.वि.बनेपा न.पा.काभ्रेपलाञ्चोकका विद्यार्थीहरु लाई खाजा खुवाउने क्रममा विद्यालयका शिक्षकहरु
नेपाल सरकारबाट सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । यो अहिले प्रभाबकारी बन्दै गएको छ । बार्षिक रुपमा करीव ९ अरब खर्च हुने यो कार्यक्रमबाट बालबालिकाको बृद्धि र विकासमा सहयोग गर्ने र विद्यालय शिक्षामा भर्नादर अभिबृद्धि हुने प्रधानाध्यापकहरुको भनााइ छ । यस सँगै विद्यालय छाड्ने दर, घट्ने, र सिकाइ उपलब्धि बढ्ने विश्वास गरिएको छ ।
जिल्लाकै नमुना विद्यालयको रुपमा अगाडी बढ्दै गरेको श्री जनक माध्यमिक विद्यालय नमोबुद्ध नगरपालिका भकुण्डेबेशी का प्रधानाध्यापक प्रदिप पोखे्रलका अनुसार खाजाको बहुआयमिक फाइदाहरू छन् । दिवा खाजा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको एक महत्वपुर्ण र ठुलो अवयव हो । बालबालिकामा हुने तात्कालिन भोकमा कमि ल्याउनको लागि, शारीरिक वृद्धि तथा विकासका लागि, आवश्यक वृहत र सुक्ष्म पोषक तत्वहरूको आपूर्र्तीको लागि साथै गुणस्तरिय शिक्षा आर्जनका लागि दिवा खाजा कार्यक्रम प्रभाबकारी बनेको छ ।
बालबालिकाको सिकाइको लागि बालबालिका (सिकारू)लाई शारीरिक र मानसिक रूपले तयारि गर्नको लागि पनि दिवा दिवा खाजाले महत्व बोकेको छ । मुलुकभरिका सामुदायिक विद्यालयका बालबिकासदेखि कक्षा ५ सम्मका सबै सामुदायिक विद्यालयका करिब तीस लाख भन्दाबढी बालबालिकाहरूले दिवा खाजा प्राप्त गरिरहेको सरकारी तथ्याङ्क छ ।
करीव एकलाख शिक्षक, विद्यालय व्यबस्थापन समिति प्रतिनिधिहरू तथा स्थानीय सरकारका कर्मचारी तथा प्रतिनिधिहरु दिवा खाजा व्यवस्थापनमा प्रत्यक्ष वा अप्रत्यक्ष परिचालित छन् । नेपाल सरकारले तोकेको पोषण मापदण्ड तथा स्थानीय परिवेश, संस्कृति र प्रचलनलाई आधार बनाएर स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामाग्रीहरू प्रयोग हुने गरी तयार गरिएको दैनिक परिकारहरूको सुचिलाई नै विद्यालय दिवा खाजाको मेनुको रुपमा प्रयोग गरिएको छ । बृहत पोषक तत्व (प्रोटिन र चिल्लो पदार्थ) तथा सुक्ष्म पोषक तत्व (आयोडिन, आइरन, जीङ्क, भिटामिन ए) को मात्रा दिवा खाजाबाट परिपुर्ति हुनुपर्ने गरी मापदण्ड तयार गरेको छ । सो मापदण्ड पुरा गर्न स्थानीय तहले तलको चित्रमा तोकिएको मात्रा पुरा हुने गरी आफ्नो स्थानीय स्तरमा उत्पादन हुने बिभिन्न प्रकारको खाद्य सामग्रीहरुको आधारमा तयार पारिएको छ ।