उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। उनी चीन भ्रमणको क्रममा बेइजिङमा रहेका छन्
वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार श्रेष्ठलाई गएराति १२ बजे हृदयाघात भएको थियाे ।
तुरुन्तै उनको मुटुको एन्जीओप्लास्टी गरिएपछि उनको अवस्था अहिले स्थिर रहेको श्रेष्ठको सचिवालयले जनाएको छ। उनलाई २४ घण्टासम्म अस्पतालमै अब्जर्भेसनमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
आइसीयूमा राखेर उनको उपचार चलिरहेको छ। चिकित्सकका अनुसार श्रेष्ठ खतरामुक्त्त छन्। प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक गोबिन्द आचार्यले गृहमन्त्री श्रेष्ठलाई माइल्ड हार्ट एट्याक भएको जानकारी गराएका छन् ।
तीन दिनअघि श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन चीन पुगेका थिए। भाेलि (शुक्रबार) श्रेष्ठ नेपाल फर्किने कार्यक्रम छ।