काठमाडौं
नेपाल आइसिसी टी–२० विश्वकप २०२४ का लागि छनोट भएको छ ।
आइसिसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले जित निकालेको छ । जित निकालेर फाइनलमा पुगेसँगै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।
सेमीफाइनल खेल मुलपानी मैदानमा भएको थियो । उक्त खेलमा नेपालले युएईमाथि ८ विकेटको सानदार जितले नेपाललाई यो सफलता मिलेको हो ।
युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।