काठमाडौं
शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जना सहित कुल १ सय २९ जनाको मृत्यु भएको छ ।
गम्भीर बिरामीहरुको उपचारको लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तथा उपशाखाहरु उद्धार लगत संकलन तथा राहत वितरणमा जुटेका छन् ।
‘तत्कालका लागि जिल्लामा उपलब्ध सामग्रीहरु राहतका रुपमा वितरण शुरु गरेका छौं । रेडक्रसर्कीहरु उद्धार तथा लगत संकलनमा जुट्नुभएको छ ।’ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमकी सभापति रमा गौतमले बताइन् । जिल्लाका विकट क्षेत्रको तथ्यांङक आउन बाँकी नै रहेको गौतमले साझा पत्रिकालाई जानकारी दिइन । ‘३७ जनाको मृत्यु भएको छ ८५ जना घाइते हुनुहुन्छ यो संख्या अझै बढ्नसक्छ ।’ उनको भनाई थियो ।
भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै दुवै जिल्लामा प्रहरी टोली खटिएको छ । भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । यो सँगै मृतक संख्या १ सय २९ पगेको छ ।
त्यसैगरी भूकम्पले क्षतिग्रस्त भएको क्षेत्रको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्र पगेका छन् ।आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट गएका थिए।
हेलिकप्टरमा औषधीसहित र १६ जना चिकित्सकको टोली सहित प्रधानमन्त्री प्रचण्डसँगै भूकम्प
प्रभावित क्षेत्रमा गएका हुन्। प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |