बिश्व उलक
नेपाल सरकार र स्थानिय समुदायले पुर्खाको उपहार पौराणिक सार्वजनिक श्रोतहरुको उचित अपनत्व नलिदा बिरासत बेवारिसे भएकोछ । हुन त नेपाल सरकारको पुरातत्व बिभागले बि. सं. २०४६ सालको लोकतन्त्र पश्चता देखी पनौती मल्लकालिन दरवार माथी अध्ययन सुरुगरे पनि बि. सं. २०५२ मा उत्खनन्गरि देखिन आएको दरवारको जगक्षेत्र लाई संरक्षणहेतु पुरातत्व बिभागको सहयोगमा पर्खाल लगाउने काम गरेको थियो । माल पाएर चाल नपाएका स्थानिय बासिन्दा तथा पनौतीको बारेमा जानकारी पाएकाहरु तथा त्यो बाटो हिडने बटुवाहरुलाई पर्खालले घेरिएको दरवारको ऐतिहासिक भग्नावशेषले गिज्याई रहेको दशकौ भइसकेकोछ ।
रोसी उपत्यका अवस्थित लिलावती (लक्ष्मी) र पुण्यमाता तथा स–साना खोला र खोल्साहरु सहित अन्य पानीका श्रोतहरुले सिञ्चित उर्वर प्रकृतीको काखमा रहेको कुनै बेला असला माछा र हाल आएर रसिलो चामल, स्वादिष्ट आलु, सुन्तलाले परिचित पनौती नगरपालिकामा मानव बस्ति कहिले देखी बस्यो भनि एकिन गर्न नसकिए पनि ईसापूर्व ४००० बर्ष भन्दा पहिले देखी थियो भत्रे नःम बुद्धको ईतिहासले पुष्टी गर्दछ । पनौतीको बस्ति धेरै पुरानो भएपनि ७ तारीक जुलाई १२५५ मा काठमाण्डौ केन्द्रबिन्दु बनाई गएको ७.८ रेक्टरको भूकम्पले काठमाण्डौको छिमेक रोसी (लिलावती) उपत्यकाका बस्तिहरुमा ठूलो धक्का पु¥्यायो । साथमा ती भत्केका संरचना तथा दुःखी बस्तीहरुमा उदुस आतंक सुरुभयो ।
बि.सं. २०१७ को राजनिती परिवर्तन पश्चात बि.सं. २०१८ मा उक्त खुल्ला चउरमा गाउँ पञ्चायत भवन र ईन्द्रेश्वर हाई स्कूल बन्यो । ईन्द्रेश्वर स्कूल सरेर गएपछि गाउँ पञ्चायत भवन मात्र उक्त स्थानमा रह््यो । २०५३ मा पनौती गाउँ बिकासमा अन्य गा.बि.स.हरु समेत संलग्न गरि नगरपालिका घोषणा पश्चात दरवार क्षेत्रमा रहेको पनौती गा.बि.स.को कार्यालय पनि बन्द भयो । तत्कालिन स्थानिय निकायले आय आर्जनमा प्राकृतिक धरोहरहरुको समेत उपयोग गरे । दरवार भग्नावशेष सदुपयोगमा कुनै पाईला चालिएन ।
बाक्लो बस्तीहरुको ब्यबस्थापन गर्न तत्कालिन राजा आनन्द मल्लले सन १२६० मा उक्त समस्या समाधान गर्न रोसी उपत्यका भित्र सात वटा १) साँगा, २) नाला, ३) बनेपा, ४) धुलिखेल, ५) खडपु, ६) चौकोट र ७) पनौती गरि नयाँ तथा बस्ती बिस्तृतीकरण गरे । जेलाँ दे (टौखाल, ज्याला च्याटी – पुरानो पनौती, पाञ्चाल?), भगवान डाँडा (हालको नगरपालिका कार्यालय र बाँसडोल जहाँ लिच्छवी कालिन ढुंङ्गे धारा तथा अन्य संरचना रहेको छ) को बस्तीलाई पुण्यमाता, रुद्रावती र लिलावती (रोसी) नदी बिचको ठूलो ढुंङ्गा माथी बस्ति स्थानान्तरण गरे । यो क्षेत्र एउटा ठूलो जंङ्गल थियो दुई नदीहरुको दोभानमा बासुकी नागले राजगरेका, जहाँ गौतम ऋषीले तपस्या गरेका थिए । साथमा स्वर्गका राजा ईन्द्रले पनि ऋषी पत्नि अहिल्या माथीको ब्यभिचारको पाप नष्ट गर्न तसस्या गरेर बसेका थिए ।
यो जंङ्गलमा पनौती (पाञ्चाल) का केही परिवार पशुपालन सहित कृषी कर्ममा बसेका थिए । जंङ्गल (गँु) भित्र घर (छेंः) बनाएर बसेका हुनाले गँुःछें र पछि अपभ्रंस हुदैं गोक्षे लेख्न थाले । महाभुकम्प बाट प्रभावित जनताहरुको ब्यबस्थापनमा तत्कालिन राजा आनन्द मल्लको पालामा सात गाउँको स्थापना र बिस्तृतिकरणमा पनौती, तात्कलिन उत्तम बस्ती हालको स्मार्ट सिटीको परिकल्पना भन्दा धेरै उम्दा रहेको देखिन्छ ।
तस्विर स्रोत : इन्टरनेटबाट
मिथिला, तिरुहत कर्णाटक बंशका राजा हरिसिंह देवको राजधानी सिम्रौणगढमा बि.सं. १३८१ मा दिल्लीका मुसलमान वादशाह गयाशुद्धिन तुगलको आक्रमण बाट भागेर आफ्नो शसुराली भक्तपुर तर्पm भागेर आएका थिए । भाग्नेक्रममा सिम्रौणगढ बाट एकै दिनमा ढुंखर्कको गोमा भञ्ज्याङ्ग, कुर्पासी (खोपासी) हुदै मल्लराजा अभय देवले बिस्तृतीकरण गरेको पनौती शहरको दक्षिण ढोकाबाट पसी हालको दुमाङ्गल टोलमा बसे । अभैmपनि केही पनौतीका बुढापाकाहरु सिमाङ्ग निसे दुमाङ्ग छनुं वयगु (सिम्रौणगढ देखी दुमाङ्गल एकै दिनमा आउँथें) कुरा गर्दछन् ।
शाक्त अनुयायी हरिसिंह देवको टोली काठमाण्डौ उपत्यकामा मुस्लिमहरुको आगमन सुनेर पनौतीबाट पलाञ्चोक हुदै दोलखाको त्रिपुरासुन्दरी तर्पmलागे । केही ईतिहास बिदहरु भन्दछन कि हरिंिसह देवको टोली सिन्धुली बाट दोलखा हुदै आएका थिए । उनिसंग आएका केही कारीगर परिवारहरु पनौतीमा नै बसे । पछि आएर यीनकै शक्तिशाली भारदार सामन्त जय सिं रामबद्र्धनको नेतृत्वमा आनन्द देवले बनाएको पनौती बस्तीलाई मठ मन्दिरहरु साथमा ईन्द्रेश्वर (स्थानियको भनाईमा राजकुमारी बिरुमा देवी?? को पाला बि.सं. १३५१ मा ईन्द्रेश्वर मन्दिर बनेको थियो) मन्दिर सहित सुनमा सुगन्ध थपे ।
प्रकृतीको वरदान पाएको यस सुन्दर पर्यावरणिय पवित्र भूधरातलमा पूर्खाहरुको उपहारको महत्व बुझेका मल्लहरुले बिभित्र मठ, मन्दिरहरु र त्रिवेणी सहितमा बास्तुकला र साँस्कृतिक संम्पदाहरुको थप योगदान गरि मानव जिवनमा अलौकिकता दिनेहेतु बाह््य आगन्तुक लाई निम्त्याउन ठाउँको नाम नै “पलाःतीे” राखे । नेवारी भाषामा पला = पाईला र ती = राख अर्थात पलाःतीको अर्थ आफुले चिनजान, उपभोक्ता, पर्यटक आदीलाई पाईला राख्न निम्तो दिईएको हो ।
भूपतेन्द्र मल्लले उच्चस्तमा पुगेको प्रबुद्ध शहर ९क्mबचत ऋष्तथ०, आफ्नै बहिनी राजकुमारी बिरुमा देवी?? लाई दाईजोमा दिए । राजकुमारी महारानीले पनौतीको स्तरत्रौतीमा कुनै कमि हुनदिइन । अफसोच पृथ्वी नारायण शाहको एकिकरण पश्चात मल्लकालिन पलाती देको प्रशासकिय केन्द्र “पलाती दरवार” नेपाल एकिकरणको साथ तुहुरा बन्यो । अभिबाहक बिहिन संरचनाले शताद्वीयौ देखी परिवर्तित ऋतुहरुको धाम, पानी, हुरी, बतास साथमा बेला बखतको भुईचालोका घाउहरुमा कहिलै स्याहार संभार पाएन । बि.सं. १८२० मा नेपालको एकिरणमा पनौती समाबिष्ट भएपछि यहाँको साँस्कृतिक संरचनामा ह्रास आयो र पहिलो शिकार दरवारको संरचना र पूर्वाधारमा प¥्यो । बिस्तारै दरवारको कुनै नामो निसान रहेन, खुल्ला चउरमा परिणत भयो ।
बि.सं. २०१७ को राजनिती परिवर्तन पश्चात बि.सं. २०१८ मा उक्त खुल्ला चउरमा गाउँ पञ्चायत भवन र ईन्द्रेश्वर हाई स्कूल बन्यो । ईन्द्रेश्वर स्कूल सरेर गएपछि गाउँ पञ्चायत भवन मात्र उक्त स्थानमा रह््यो । २०५३ मा पनौती गाउँ बिकासमा अन्य गा.बि.स.हरु समेत संलग्न गरि नगरपालिका घोषणा पश्चात दरवार क्षेत्रमा रहेको पनौती गा.बि.स.को कार्यालय पनि बन्द भयो । तत्कालिन स्थानिय निकायले आय आर्जनमा प्राकृतिक धरोहरहरुको समेत उपयोग गरे । दरवार भग्नावशेष सदुपयोगमा कुनै पाईला चालिएन ।
शहर भित्र भाडामा बसेको नगरपालिकाको कार्यालय पनि आर्थिक पक्ष सक्षम भएपछि जनताको सुबिधाको लागी भन्दै शहर बाहिर बसपार्कमा आफ्नै भवन बनाए । नगरपालिका कार्यालयको बहिर्गमनले पनौतीको आवागमनमा सिथिलताले आन्तकि बजारमा मन्दी आयो
दश बर्षे राजनैतिक हतियार द्वण्दले बसपार्कको नगरपालिका भवन लाई बिटुलो पार्नुको साथै शहर भित्र सरकार पक्ष र बिद्रोही पक्ष बिचको पटक पटकको भिडन्तले थिल थिलो बनायो । बसपार्कको नगरपालिका भवन क्षती भएपछि गहन अध्ययन नगरी हतारको भरमा कार्यालय स्थानान्तरणको निर्णय लिएको हो कि ? समय बितेको छैन, पनौती शहर भित्र रहेको स्वर्ण युगको मल्लकालिन प्रशासनिक केन्द्र (दरवार) लाई पुनर्निमाण गरि नगरपालिका कार्यालयलाई बस्ति भित्रको दरवारमा स्थापित गरि ल्याएमा निम्न फाईदाहरु हुनेछन् ः–
१) नगरपालिकाको मुटुमा रहेको भग्नाबषेशले पुनर्जिवन पाउने र पनौतीलाई बिश्व सम्पदामा लैजान सहयोग पु¥्याउदै प्रतिस्पर्धिय पर्यटन उद्योगमा जग थप्दै आर्थिक समृद्धिमा टेवा मिल्नेछ ।
२) बाक्लो बस्ती पनौती शहर र नगरपालिकाका अन्य स्थान सहित ९० प्रतिसत? जनता (सेवा ग्राही) को पहुँचमा दरवारक्षेत्र सहजतामा पर्छ ।
३) नगरपालिका कार्यालय बस पार्क बाट नजिक र घना बस्ती माझ हुँदा सेवाग्राहीहरु लाई घाम, हावा, हुरी, पानी पर्दा होस वा साँझ बिहानको यात्रामा समेत सुरक्षित हुनेमा कुनै संका हुदैन ।
४) नगरपालिकाको स्थानान्तरण र बसपार्कको ब्यबसायमा बृद्धिले गर्दा पनौती शहर भित्रका बासिन्दाहरु सम्भावित आय आर्जनको अवसरको खोजिमा पुराना घरलाई ताला बन्दी गरि नयाँ निर्माण गरि बसाई सर्ने प्रकृया बढेकोछ । नगरपालिकाको कार्यालय ऐतिहासिक प्रशासनिक थलोमा पुनस्थापना भएमा यस्ता अनुत्पादक क्षेत्रमा गएको लगानी रोक्न तथा ऐतिहासिक संस्कृती र संस्कार बोकेको संरचना (घर तथा अन्य भौतिक बस्तुहरु) को सदुपयोग र पौरानिक चिनारीको निरन्तरता पाउनेछ ।
५) पनौती शहरको संस्कार र संस्कृती बोकेका समुहको ठूलो संख्यामा आ–आफ्नो जिबिकोपार्जन र समृद्धिको लागी बहिर्गमनले पनौती अब पनौती नरहने संभावना बढदै गएको छ । पहिरोमा परेको शहरलाइ बचाउन दरवारको पुनर्निमाणले रोकथाम गर्दै नगरबासीहरुको आर्थिक उत्रतीमा सहयोग पु¥्याउनेछ ।
६) परिवर्तित ब्याबसायमा पर्यटन ब्याबसाय सहज तथा आर्थिक र स्तरत्रोतीको दृष्टीबाट फलदायी भएको हुँदा नगरपालिकाको मुटुमा रहेको मल्लकालिन बिरासतलाई पुनर्जागरण गर्न सके सिंगो नगरपालिका र यस संग जोडीएका पालिकाहरुले समेत लाभ हसिल गर्न सक्नेछ ।
७) पनौती नगरपालिका (कर्मचारी) र नगरबासीहरु बिच औपचारिक र अनौपचारिक भेटघाटको सहज अवसरले सेवा प्रदाय तथा सेवा ग्राही माझ प्रत्यक्ष अप्रत्यक्ष सम्बाद बाट रचनात्मक कार्यको सृजनामा सहयोगी हुनेछ ।
८) सेवा प्रदायको नगरबासी तथा सम्बन्धित ब्यक्तिहरु संगको बढी संसर्गले नगरको श्रोतलाई नगरबासीको आवश्यकता, चाहना, ईच्छ्या तथा नगरको हितमा उचित परिचालन गर्न धेरै नै सहायक सिद्ध हुनेछ ।
९) नगर भित्रको पर्यटन ब्याबसायले वरपरका कृषक तथा अन्य ब्याबसायीहरुलाई पनि राम्रो लाभ पु¥्यउने छ ।
परिवर्तित बिकास क्रममा धार्मिक प्रतिस्थानहरुमा प्रशासकिय कार्यालय र शैक्षिक सस्थाहरु संचालन गरिए । यस्तै बि.सं. २००७ साल पछाडी प्रजातन्त्रको अभ्यासमा खालि भएका र खालि गराईएका तत्कालिन शासक तथा तिनका भारदारहरु बाट राष्ट्रले फिर्तालिइएका आलिसान भवन, दरवारहरु र अन्य भौतिक संरचनाहरु लाई प्रशासकिय केन्द्र र शैक्षिक सस्थाहरुको अलावा बढदो पर्यटकिय उद्योगको माग पुरा गर्नमा प्रयोग गरियो ।
पर्यटकहरु यी संरचनाहरु प्रति बढीरुची भएको र राम्रो रोजगारी साथमा राम्रो आयको श्रोत भएको हँदा बिरासतहरुको संरक्षण र संबर्धनमा लागीपरे । युरोपका मुलुकहरुले बिरासतको संरक्षण, संबर्धन र उचित प्रयोग बाट राम्रो लाभ गर्दै आएका छन भने एसियका देशहरुले पनि यस्को देखासिकीमा लागेका छन् ।
नेपालमा पनि खास गरेर काठमाण्डौ दरवारमा प्रदर्शनी कक्ष, ललितपुर दरवारमा प्रदर्शनी कक्ष र समिट होटलबाट क्याफे र भक्तपुर दरवारमा प्रदर्शनी कक्ष र निजी क्षेत्रबाट रेष्टुरेन्ट र क्याफे सञ्चालन गरि पर्यटक ब्याबसाय प्रवर्धन गर्दै आएका छन् । पनौती नगरपालिकाले पनि पुरातत्व बिभागले अधिग्रहण गरिराखेको क्षेत्रमा पुनर्निमाण गरि पनौती नगरपालिका र नगरबासीको समृद्धिमा पाईला चाल्ने हो की ? यस्को लागी,
१) दरवारको परखाल संग जोडिएका निजी घरहरु तथा अन्य संरचनाहरुलाई स्थानिय सरकारले खरिद गर्न सके राम्रो हुने छ । अन्यथा दरवारको पुनर्निर्माणनको डिजाईन अनुसर जोडिएका निजी घरहरु तथा अन्य संरचनाहरुलाई दरवार डिजाईनको परिधी भित्र राखेर निजी क्षेत्रहरुको संरचनामा परिवर्तन गराउनु पर्ने हुन्छ ।
२) काठमाण्डौ, प्रदर्शनीमार्ग स्थित नेपाल पर्यटन बोर्ड भवन प्रयोग गरिएजस्तै नगरपालिकाको प्रशासन, प्रदर्शनी कक्ष, सभा कक्ष साथमा हस्तकला तथा नगरपालिका बाट उत्पादन हुने बिषेश बस्तुको बिक्रि कक्ष, स्वदेशी र बिदेशी पर्यटकहरुलाई दिनको चिया नास्ता तथा भोजनको सेवा दिन काठमाण्डौको ख्याती प्राप्त ठूला होटल (द्वारिका, हायट रेजेन्सी आदी) को सहकर्यमा क्याफेको ब्यबस्था गर्ने हो कि आदी ?
३) पुनर्निर्मीत भवनमा प्रशासन बाहेक अन्य सेवाहरु निजी क्षेत्रबाट सञ्चालन गर्दा नगरपालिकालाई आम्दानी हुनुको साथै भाडावालाहरुको अपनत्व र जवनफदेहिताले भवन संरक्षण र संबर्धनमा दिगोपना आउन सक्दछ ।
४) मौलिकताको लागी पनौती शहरका संरचनालाई भक्तपुर शहरका भवन तथा अन्य संरचना संग र शहर श्रृंगारमा आयको साथ पर्यटक आकर्षणको लागी घर घरमा सुनाखरी पूmल ब्याबसाय (नगरपालिका भरि) को लागी बन्दीपुरको पर्यटन ब्याबसाय ब्यबस्थापनको अध्ययन गर्ने हो की ?
५) नगरका अन्य बस्तीहरु, भूधरातल, समुह, सस्कृती अनुसार सारांकोट, घलेगाउँ जस्तै सामुदायिक होम स्टे, कृषी पर्यटन आदीको बिस्तार गर्नसके काठमाण्डौ नजिकको पर्यटन केन्द्र बत्रे थियो ।
६) पनौती भित्रका धेरै घरहरु खाली भएका छन् । तिनिहरुमा मौलिकता कायम गरी संबर्धन, पुःन संरचना र पुःन निर्माणमा नगरपालिकाले उचित अनुदान सहित सहयोग औचित्यता हुने छ ।
पुरातत्व बिभाग एक्लैको भरमा दरवारको भग्नावशेषलाई भवनमा परिणत गर्न ढिला भै सकेको छ । भग्नावषेशलाई पर्खालले मात्र घेरी राख्ने हो भने पनौतीको पुरानो बस्ती खण्डहारमा परिवर्तीत भएरजाने वा बसाई सराईले आफ्नो मौलिकता गुमाउन सक्दछ । स्थानिय सरकारलाई आफ्नो क्षमता देखाउने सुबर्ण अवसर मिलेकोछ । यात्राको दृष्ट्रिीकोणबाट नगरपालिका भित्रका धनेश्वर, ¥याले, भूमीडाँडा, बल्थली र जाकिडोल आदी क्षेत्रबाट दरवार सहजता केन्द्रबिन्दुमा पर्दछ ।
तसर्थ पुरातत्व बिभागको सहकार्यमा पनौती लाई जिवन्तता दिन र नगरपालिका भित्रका बस्तीहरु र नगरपालिका संग जोडीएका बस्तीहरुको सम्बन्धहरुलाई अलौकिकता दिन, ऐतिहासिक धरोहरलाई पुनर्निमाण गरि दिगो संरक्षण र संबर्धनको लागी प्रशासनिक केन्द्र र ब्याबसायिक अवसरका बहु आयामिक सुबिधा सहितका मल्लकालिन मौलिकतामा दरवारको पुःन निर्माण गर्नसके एउटा उदाहरणिय नगरपालिका हुनेछ ।