काडमाडौं/ नागढुंगामा माइक्रो बस र्दुघटना भएको छ । दुर्घटनामा परि २० जना घाइते भएका छन् । काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको हाइस माइक्रो बस दुर्घटनामा परेको हो ।
बा ३ ख ८३२९ नम्बरको हाइस बस नागढुङ्गा नजिकैको घुमाउने पसल अगाडि दिउँसो दुर्घटना भएको हो । घाइतेको प्रहरी र सशस्त्रले उद्धार गरेी उपचारका लागि अस्पताल लगिएको छ । बस सडकबाट ८० मिटर तल खसेर भएको दुर्घटनामा दुई जना घाइतेको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । घाइतेको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते हुनेमा ४ बालबालिका, ५ महिला र ११ पुरुष परेका छन् ।
घाइते हुनेमा सवारी चालक अनिल तामाङ, उमेर ४३ वर्ष, जिल्ला नुवाकोट, ककनी गाउँपालिका–३, सक्षम अधिकारी – १६ वर्ष, सुजाता अधिकारी – ४१ वर्ष, अञ्जिला शाह – २१ वर्ष, सुवीदा मल्ल – २४ वर्ष, ईश्वर थापा- ५० वर्ष, गणेश पौडेल – ५८ वर्ष, सन्त बहादुर थापा- ४० वर्ष, सुनिल श्रेष्ठ, २५ वर्ष, प्रशान्त अधिकारी, प्रयास गुरुङ, १६ वर्ष भारतीय नागरिक घाइतेहरू रिन्कु देवी – २४ वर्ष, रवि कुमार – ४९ वर्ष, सार्थक कुमार -५ वर्ष, मानवी कुमार- २ वर्ष, डब्लु कुमार – २८ वर्ष, राज कुमार – १८ वर्ष, शिव कुमार – १६ वर्ष, प्रञ्जल कुमार – ८ वर्ष, निश्चल कुमार – १४ वर्ष, रितु कुमारी – २८ वर्ष रहेका छन् ।
