• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ७, बिहिबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

२ दिन अघि
२

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ हफ्ता अघि
३

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ हफ्ता अघि
४

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

दह लोकार्पित

२ महिना अघि
६

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

४ महिना अघि
७

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

४ महिना अघि
८

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

४ महिना अघि
९

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

५ महिना अघि
१०

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

५ महिना अघि
११

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

५ महिना अघि
१२

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

५ महिना अघि
होमपेज /  Breaking News
  • ३२१ पटक पढिएको
  • नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

  • सरोज सापकोटा
  • २०८२ जेष्ठ ५, सोमबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    आजको नेपाली बजारमा उपभोक्ता केवल सामान किन्नेमात्र नभएर लुटिने पात्र बनेका छन्। नुनजत्तिको सस्तो वस्तुदेखि सुनजत्तिको महँगो सामग्रीसम्म सवैमा अनियन्त्रित मूल्यवृद्धि, गुणस्तरको अभाव, तौलमा गडबडी, म्याद गुज्रेका वस्तुको बिक्री र कृत्रिम अभावले उपभोक्ताको जीवनमै प्रश्नचिन्ह खडा गरिरहेको छ।
    सरकारी नियमन निकायहरूको निष्क्रियता र उपभोक्ता मञ्चको औपचारिक उपस्थितिबाहेक ठोस परिणाम देखिँदैन। बजारमा चाडपर्वको बेला केही अनुगमनको दिखावटी सक्रियता देखिए पनि बाँकी समय बजार अनियन्त्रित छ । अनुगमन कर्मकाण्डमा सीमित भएपछि व्यवसायीले मनपरी मूल्य तोक्ने, गुणस्तरहीन सामग्री बेच्ने, मिसावट मिलाउने, नक्कली म्याद टाँस्ने जस्ता धन्दा निर्बाध चलिरहेका छन्।

    उपभोक्ताको नाममा खोलिएका धेरैजसो संघसंस्थाहरू अहिले व्यवसायी र अनुगमन निकायको बीचको सौदाबाजी केन्द्रमा रूपान्तरित भएका छन्। ती संस्थाहरू उद्योगी–व्यापारीसँग बार्गेनिङ गर्छन्, अनुगमनको बहानामा लाखौंको अनुदान लिन्छन्, तर न उपभोक्ता सुरक्षित छन्, न बजार अनुशासित। फलफूल, हरियो तरकारीमा विषादीको प्रयोग, मिठाइमा रङ्ग र मिसावट, कम तौल, मूल्यसूची नराख्ने, स्टकमा राखेका सामान उच्च मूल्यमा बिक्री गर्ने जस्ता कार्य सामान्य भएका छन्। विशेषगरी वर्षायाममा सडकमार्ग अवरुद्ध भएलगत्तै मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना गर्ने अभ्यासले बजारमा अराजकता बढाइरहेको छ।

    गुनासो मात्र होइन, यस्ता गतिविधिबाट थुप्रै नागरिकको स्वास्थ्य र जीवन नै जोखिममा परेको छ। गुणस्तर परीक्षण नगरी भित्र्याइएका खाद्यपदार्थ र प्रयोगजन्य सामग्रीका कारण अस्पताल पुग्नेहरूको संख्या बढ्दो छ। सरकारसँग कानुन छन्, तर कार्यान्वयन छैन। लाखौं खर्चिएर गरिएको अनुगमनबाट मुद्दा दर्ता नहुनु विडम्बनापूर्ण सत्य हो। उपभोक्ता मञ्चका अगुवाहरू सरकारी भत्ताका लागि होडबाजीमा छन्। उनीहरू अनुगमन समिति, क्षतिपूर्ति समिति, परिषद् आदिमा नियुक्तिको लागि दौडधुप गरिरहेका छन् ।तर जनताको पक्षमा खबरदारी गर्ने हैसियत गुमाएका छन्।

    बजारको सजावट र चिल्ला विज्ञापनले वस्तुको असली र नक्कली छुट्याउनै नसकिने अवस्था बनेको छ। अनलाइन माध्यममा त विज्ञापनमा देखाएको सामानभन्दा निकै भिन्न वस्तु उपभोक्ताको हातमा पुग्ने समस्या व्यापक छ। आजको उपभोक्ता केवल खरिदकर्ता होइन, उनीहरु त सेवाको प्रयोगकर्ता, कर तिर्ने नागरिक, अनि अधिकारयुक्त मानव हुन्। तर तिनै उपभोक्ताको मौनता र अज्ञानता अपराधीका लागि अवसर बनेको छ। उपभोक्ताले आफ्नो अधिकार नबुझे र प्रयोग नगरेसम्म यो लुट बन्द हुनेवाला छैन।

    समस्या उपभोक्ताको छैन, समस्या संयन्त्र र चरित्रको हो। अनुगमन गर्ने सरकारी संयन्त्र, उपभोक्ताको नाममा खोलेका संस्था र व्यापारलाई नियमन गर्ने नीति–नियम सबैको चरित्र गम्भीर प्रश्नमा छन्। त्यसैले अब जरुरी कुरा जागरूकता मात्र होइन, कानुनी दबाब र जनदबाब हो। मूल्य, म्याद, गुणस्तर, तौल र सेवाको सुनिश्चितता उपभोक्ताको अधिकार हो। ठगिने होइन, अधिकार खोज्ने संस्कार आवश्यक छ। यदि राज्यले अझै पनि लाचारी देखायो भने उपभोक्ता सचेतनाको नाउँमा हुने प्रदर्शन र नाराबाजीभन्दा बढी अब सामाजिक दबाब र कानुनी प्रतिकारको बाटो रोज्नुपर्नेछ। नत्र ‘नुनदेखि सुनसम्म’ उपभोक्तालाई लुट्ने यो सुदृढ जालो भत्किने छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    दह लोकार्पित

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ताजा समाचार
    १

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    २

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ३

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ४

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ५

    दह लोकार्पित

    ६

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ७

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ८

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ९

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    १०

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution