काभ्रे
इलाममा बस दुर्घटना हुँदा एककोे मृत्यु भएको छ । आइतबार अपराह्नमा रोङ गाउँपालिका–३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको हो ।
धनुषादेखि शैक्षिक भ्रमणका लागि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना ६ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनामा ३६ जना घाइते भएको र उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा परेका सबै धनुषाधाम–९ का रहेका छन् । दुर्घटना एकजना प्रहरी जवान पनि परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धनुषाधाम ९ धारापानीकी २० वर्षीया गणेशकुमारी मोक्तान, सोहि स्थानकी ११ वर्षीर्या समिक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरी लामा, ९ वर्षीया रिचा लामा, ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिशा मोक्तान, ११ वर्षीया रितु लामा, ४० वर्षीया सुनमाया लामा, २० वर्षीया कविता घिसिङ, १३ वर्षीय सौगात लामा, १४ वर्षीया वर्षा तामाङ, १५ वर्षीया सिद्वार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चन, १२ वर्षीया विविशा मोक्तान, १५ वर्षीया रोजिना तामाङ, २८ वर्षीया कल्पनाकुमारी लामा, ३१ वर्षीया शान्ता पाख्रिन, ३५ वर्षीर्या मनवति लामा, ३० वर्षीया ज्ञानु लामा, २८ वर्षीया प्रतिक्षा लामा, ४५ वर्षीया लालकुमारी लामा, ४० वर्षीय (प्रहरी जवान) विरवहादुर मोक्तान, २५ वर्षीय करण मोक्तान, २६ वर्षीया कुसुम घिसिङ, ६० वर्षीया शान्तामाया तामाङ ३५ वर्षीय अनिल परियार, ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जिव तामाङ, २८ वर्षीया रेणु घिसिङ, २६ वर्षीया समिक्षा लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख दिपक दुलालले जानकारी दिए ।