बल्थली
आज हरिबोधनी एकादशी, भगवान श्रीहरि शयनबाट जाग्ने भएकाले यस तिथिलाई अरिबोधनी भनिएको उल्लेख छ । परिवर्तन र जागरणको समयका रुपमा लिँदै यस दिनलाई उत्सवका साथ मनाउन पर्ने धार्मिक मान्यता रहेको छ ।
हरिबोधनी एकादशीलाई तुलसी विवाहको रुपमा पनि चिनिन्छ । चार महिना अघि रोपिएको तुलसीलाई १ महिना सम्मको नित्य पूूजा पछि यसै एकादशीमा पूजा गर्ने चलन छ । आज सबैका घरघरमा निर्माण गरी तुलसी रोपिएका मठलाई सिँगारेर तुलसी विवाह गरिएको छ ।
आजकै दिन काठमाडौं लगायत देशभरका विष्णु मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । वर्षभरीका अरु एकादशीहरु मध्ये हरिबोधनी एकादशीलाई विशेष एकादशीको रुपमा चिनिने यस एकादशीमा धेरैले ब्रतवस्ने र पूजा आजा गर्ने चलन छ ।
यस दिन काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ११ स्थित बल्थली लडकेश्वर मन्दिरमा पनि दशनार्थीको भिड हुने गरेको छ । साथै मेला लाग्ने गरेको छ । आजको मेलामा काभ्रेपलाञ्चोकका अलावा छिमेकी जिल्लाबाट समेत सयाै भक्तजनको उपस्थिति रहेको थियो । उक्त मेलाका क्रममा कैद गरिएका केही तस्विरहरु :