नमोबुद्ध
प्रसिद्ध धार्मिक स्थल नमोबुद्धमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्छ । सोही अनुसार आज मंसिर मंसिर ११ गते ऐतिहासिक नमोबुद्ध जात्रा सम्पन्न भएको छ ।
जात्रामा दिवंगत आत्माहरुको स्मरणमा दिप प्रज्वलन तथा पुजा आजा गर्ने गरिन्छ । देशका विभिन्न जिल्लासँगै अन्य देशहरुबाट बौद्ध धर्मालम्बीहरु जात्रामा आउने गर्छन् । जात्रामा बौद्ध, हिन्दुधर्मालम्बीहरु को उपस्थिति हुने गरेको छ ।
नमोबुद्धको आफ्नै धार्मिक कथन छ । महादीपका तीन छोरा महासत्व, प्रभासत्व र वोधिसत्व शिकार खेल्ने क्रममा नमोवुद्ध भन्ने ठाउँमा जाँदा त्यहाँ प्रश्रव वेदनाले छटपटाएकी बघिनी र पाँच डमरुको साथमा भोकले मरणासन्न अवस्थामा पुगेको र राजकुमार महासत्वलाई उक्त बाघिनी देखि दया लागेर उसको भोक मेटाउन आफ्नो शरीर नै दान गरेकोे धार्मिक उक्ति छ ।
नमोवुद्धमा छोराको अस्तु पाए पछि महादीपले अस्तु राखेर उक्त स्थानमा गुम्वा निर्माण गरेको विश्वस छ । तिनै महासत्व पछि लुम्विनीमा मायादेवीको कोखबाट भगवान गौतम वुद्धको रुपमा जन्मिएको र जन्मेपछि वुद्धले नमोवुद्धमा आई त्यही आफ्नो अस्तु भएको ठाउँमा पुजा अचर्ना गरेको भन्ने विश्वास छ ।
धार्मिक पर्यटक तथा ऐतिहासिक उक्त स्थालमा जात्रका क्रममा कैद गरिएका केही तस्विर यहाँ प्रस्तुत गरिएको छ ।