पनौती
पनौती नगरपालिकाले यस वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मंसिर २० देखि २२ गते सम्म संचालन गर्ने भएको छ । साथै नगरपालिका प्रतियोगिता व्यवस्थापनको तयारीमा जुटेको छ ।
पनौती स्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगितामा राष्ट्रपति रनिङ्ग शिल्ड संञ्चालन निर्देशिका २०७० संसोधन सहित को व्यवस्था बमोजिम का खेलहरु संचालन हुने छन्। पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने प्रतियोगितामा एथेलेटिक्स, रिले रनिङ, सटपुट थ्रो, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटपुट थ्रो, ज्याबलिङ थ्र्राे कपड्डी, भलिबल जस्ता खेलहरु हुने छन् ।
एथेलेटिक्स रनिङ तर्फ १ सय, २ सय, ४ सय , ८ सय, १ हजार ५ सय र ३ हजार मिटर छात्रा, छत्र । रिले रनिङ तर्फ १सय x ४ र ४सयx ४ मिटर छात्रा छात्रहरु बिच प्रतिस्पर्धा हुने छ । अन्य सबै खेलहरुमा पनि छात्रा छात्रहरुको सहभागिता रहने छ । प्रतियोगितामा नगरपालिका भित्रका ३० बढि विद्यालयका ५ सय भन्दा धेरै विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले बताए ।
प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउनका लागि नगर प्रमुुख रामशरण भण्डारीको अध्यक्षतामा मुल समारोह समिति निर्माण गरिएको समेत जंगमले जानकारी दिए । खेलक्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलाडीहरु सम्मिलित आयोजक समिति निर्माण गरिएको कारणले पनि खेलकुद भव्य हुने अपेक्षा गरिएको छ । उदघाटन सत्रमा नगरका विभिन्न विद्यालयहरुको सहभागितामा झाँकी, स्काउट, मार्चपास तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने नगरपालिकाले जनाएको छ ।