पनौती
पनौती जेसिजको आयोजनामा महिनावारी सुरक्षा र पुनः प्रयोग गर्न मिल्ने सानटरी प्याड बनाउने एक दिवसीय तालिम सम्पन्न भएको छ ।
पनौती जेसीजको सभाहलमा सम्पन्न तालिममा यश्वशी युवा समाज तथा SRHRx MenstrualHub काे प्राविधिक सहयोग रहेको थियो ।
तालिम कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले गरेका थिए । तालिम कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले वातावरणमैत्री स्यानिटर प्याड निर्माण तालिममा सिकेर समाजमा रहेका दिदी बहिनीहरुलाई सिकाउन आवश्यक रहेको बताए । साथै पनौती जेसीजबाट समाजको लागि गरिने यस्ता सहरानीय कार्यमा नगरपालिकाको सदा सहयोग रहने बताए ।
पनौती जेसीजका अध्यक्ष जेसी राजेन्द्र महाजुले पनौती नगरका १२ वटै वडाका महिला स्वास्थ्य स्वयम् सेविकाहरु तालिममा सहभागी भएको उल्लेख गर्दै यस तालिमले आगामी दिनहरुमा प्रत्येक वडाले आफ्नु क्षेत्रमा यस प्रकारका तालिम दिनुपर्ने विचार व्यक्त गरे ।
महिलाहरुको स्वास्थ्य, वातावरण संरक्षण तथा खर्चको हिसाबले पुनः प्रयोग गर्न मिल्ने सेनिटर प्याड निर्माण तालिम उपयोगी रहेको बताए ।
यशश्वी युवा समाजका अध्यक्ष राजु सुवालले पनौती क्षेत्रमा यस प्रकारका समाजिक कार्य गर्न पाउदा खुसि लागेको भन्दै यसप्रकारका सहयोगले निरन्तरता पाउने वचन दिए ।
तालिम कार्यक्रममा पनौती नगरपालिका वडा नंं १० का वडा सदस्य सरीता नेपाल, पनौती जेसीजका पूर्व अध्यक्ष राजाराम कर्माचार्य अतिथिको रुपमा उपस्थित थिए ।
कार्यक्रममा उपाध्यक्ष श्यामहरी महाजु प्रशिक्षक तथा हवकी काे-फाउन्डर सरिता दुवाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पनौती जुनियर जेसीजका उत्कृष्टा श्रेष्ठले गरेकी थिइन् ।