पनौती
पितृमोक्ष, धर्मसंस्कार र संस्कृतिको संरक्षण तथा गुरुकुलको भौतिक निर्माणमा सहयोगको उद्देश्य सहित आयोजित इन्द्रेश्वर मन्दिर परिसर पनौतीमा भइरहेको सप्ताह ज्ञान महायज्ञको पाँचौं दिन सम्पन्न भएको छ ।
पाँचौं दिन बुधबार सम्ममा दाताहरुले प्रदान गरेको ५० लाख माथि संकलन भएको आयोजकले जनाएको छ ।
सप्ताहज्ञान महायज्ञमा अपेक्षित सहयोग र उपस्थिति रहेको ज्ञानमहायज्ञ सचिवालय प्रमुख रामकुमार बस्नेतले बताए । पाँचौ दिन बुधवार पनि वागमती प्रदेश मन्त्री तिर्थ लामा, वागमती प्रदेश पूर्व पन्त्री चन्द्र लामा, पूर्व मन्त्री रामचन्द्र अधिकारी,तथा विभिन्न दलका जिल्ला स्तरका नेता लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
पाँचौ दिनको सप्ताह कार्यक्रमबाट मात्र बुधबार साँझ सम्ममा २२ लाख माथि संकलन भएको आर्थिक समन्वय समिति संयोजक भीम बञ्जाराले बताए ।