पनौती
पनौती जेसिजको २६ औं साधारण सभा तथा २५ औं अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२४ को जिम्मेवारी सिजन सुधाकरलाई प्रदान गरेको छ ।
उद्घाटन कार्यक्रम जेसिज पनौतीका पूर्वअध्यक्ष समेत रहेका राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सभामा बोल्दै श्रेष्ठले १८ देखि ४० उमेर समूहको व्यक्तित्व विकासका लागि जेसिजको भूमिका महत्वपूर्ण रहेको भन्दै जेसिस तालिमकेन्द्रको रुपमा रहेको र यसले युवाहरुलाई दक्षता प्रदान गर्ने बताए ।
जेसिका निवर्तमान अध्यक्ष राजेन्द्र महाजूले आफ्नो कार्यकालमा २५ बढि कार्यक्रमहरु संचालन गरिएको जनकारी दिँदै आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।
जुनियर जेसिज अध्यक्ष रेनुका कर्मचार्य पूर्व अध्यक्षहरु श्यामकृष्ण मानन्धर,तिर्थभक्त स्याउला लगायतले शुभकामना मन्तव्य राखेको सभामा रामकृष्ण मानन्धरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सभामा जेसिजका पूर्व अध्यक्षहरु,पदाधिकारीहरु तथा जुनियर जेसिजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
संस्थाको आगामी वर्षको लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । सिजन सुधाकारको अध्यक्षतामा निर्मित नयाँ समितिमा कार्यकारी उपाध्यक्ष इन्दिरा नापित र रामकृष्ण श्रेष्ठ, महासचिवमा ओमकृष्ण श्रेष्ठ कोषाध्यक्षमा सजिन पसखल उपाध्यक्षमा निश्चल स्याउला, सुरेन्द्र भुजु, कमलकृष्ण गौतम,सन्दीप बस्नेत रहेका छन् । र कार्यक्रम संयोजक सागर प्रधान चयन भएका छन् ।