बनेपा
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको पुलबजारमा रहेको नेपाल सितोरियो कराँते डोजोले जुनियर खेलाडीका लागि बेल्ट टेष्ट गराएको छ । शनिबार विशेष समारोहका बीचमा राखेपका प्रशिक्षक ओमप्रकाश नकर्मीको उपस्थितीमा बेल्ट टेष्ट गरिएको सो डोजोका मुख्य प्रशिक्षक नवराज मानन्धरले जानकारी दिए ।
केही महिनाअघिदेखि निरन्तर रुपमा प्रशिक्षण दिइरहेको सो डोजोले गरेको बेल्ट टेष्टमा ४५ जना नै खेलाडीले बेरेन्ज बेल्टमा प्रमोशन भएका छन् । डोजोका सहायक प्रशिक्षक कविरकुमार रंजितकारले उत्कृष्ट तीन जना खेलाडीलाई नगद पुरस्कार समेत वितरण गरेको उल्लेख गरे।
बेल्ट टेष्टभरीकै उत्कृष्ट खेलाडी बन्न सफल साँया श्रेष्ठलाई प्रमुख अतिथी नकर्मीले प्रोत्साहन स्वरुप दुई हजार थप नगद पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा उत्कृष्ट चार खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा प्रथम सायाँ श्रेष्ठ, दोश्रो रेमण्ड खड्का, तेश्रो भएका ्रविन तामाङ र सेवक श्रेष्ठलाई पुरस्कृत गरियो ।