रोशी ।
रोशी गाउँपालिकाले पालिका स्तरमा संचालन गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । यो वर्ष पनि रनिङशिल्ड रोशी माध्यमिक विद्यालयले नै हात परेको छ ।
९ स्वर्ण ४ रजत र ६ कास्य सहित रोशी मा.विले शिल्ड हात पारेको हो । त्यसैगरी पञ्चकन्या मा.वि रोशी १० वाल्टीङले ६ स्वर्ण ४ रजत र ६ कास्य सहित दोस्रो स्थान हासिल गरेको छ ।
पोक्रा माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । उक्त विद्यालयले ४ स्वर्ण ३ रजत र १ कास्य पदक हात परेको थियो ।
विहीबारबाट शुरु भएको प्रतियोगिता ४ दिन सम्म संचालन भएको थियो । प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहेका थिए । प्रतियोगितामा भलिवलमा छात्र ८ समुह र छात्रा ६ समुह, कवड्डीमा छात्रको ९ समुह र छात्राको ९ समुह, हाईजममा छात्रको ११ समुह र छात्राको ११ समुह, लङजममा छात्रको १३ समुह, छात्राको ११ समुह, सर्ट फूटमा छात्रको १३ समुह र छात्राको ११ समुह, त्रिपल जम्पमा छात्रको ८ समुह, छात्राको ८ समुह, ज्यावलङ थ्रोमा छात्रको ९ र छात्राको ८ समुह, दौडमा छात्रको १४ समुह र छात्राको १४ समुह र रिले दौडमा छात्रको १२ समुह र छात्राको ११ समुहले भाग लिएको थियो ।