पनाैती
वरपिपल बहुउद्देश्यीय सहकारी संस्था लि पनाैती १ काे १२ अाै वार्षिक साधारण सभा शनिवार सम्पन्न भएकाे छ ।
सभाकाे उदघाटन गर्दै पनाैती नगरपालिका प्रमुख रामशरण भण्डारीले वरपिपल सहकारी संस्था प्रति शेयर सदस्यहरूकाे राम्रो बिश्वास रहेकाे पाएकाे बताए ।
कृषककाे हितमा सहकारीलाई अाफ्ना कार्य संचालन गर्न उनकाे अनुराेध थियाे । कृषकमैत्री कार्यक्रम संचालन भएका सहकारीलाई नगरपालिकाले सहयाेग उपलब्ध गराउन सहजहुने उनको भनाई थियाे ।
अर्का अतिथि वडा नं १ का अध्यक्ष जयबहादुर तामङले सहकारीले स्थानीय कृषककाे हितमा गरेकाे काम प्रशंसनीय भएकाे बताए ।
सभामा बिश्वनाथ सापकोटाले सचिकाे र सुमन सापकोटाले काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हिमाल अारेही लक्ष्मण सापकोटा,उत्कृष्ट निर्यातकर्ता कुबेर सापकोटा र ७३ पटक रक्तदान गर्ने गणेश सापकोटालाई सम्मान गरिएकाे थियाे ।
संस्थाका अध्यक्ष नवराज सापकोटाकाे सभापतित्वमा सम्पन्न सभामा संस्थाका सल्लाहकारहरू धुर्व सापकाेटा,साधुराम सापकोटा ,पत्रकार महासंघ काभ्रे शाखा पूर्व सभापति नारायण सापकोटा जनप्रतिनिधिहरू स्थानीय समाजेवीहरूकाे उपस्थित रहेकाे थियोे