पनौती
सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लि पनौतीले संस्थामा आवद्ध कृषकहरुका लागि कृषि तालिम प्रदान गरेको छ ।
पनौती क्षेत्रका आफ्ना अधिकांश शेयर सदस्य रहेका व्यवसायीक आलु कृषक भएपछि उनीहरुको माग बमोजिम संस्थाले २ दिने ‘आलुखेती प्रबिधी तथा उद्यमशिलता अभिमुखिकरण तालिम’ संचालन गरेको हो ।
माघ १९ र २० गते दुई दिन सम्म संचालन भएको तालिममा माटो तथा मल सुधार, बिउ छनोट, मल्चीङ प्रबिधी, बिषादी ब्यवस्थापन तथा न्यूनिकरण, प्राङगारीक/हरियो /गोठमल सुधार, रोगकिरा व्यवस्थान, ब्यवसायिकता तथा उद्यमशिलता अभिबृद्धि लगायतका विषय समावेश थिए ।
खेति प्रणालीमा बढ्दो रासायनिक मल तथा विषाधी प्रयोगलाई न्यूनिकरण गर्दै कृषकलाई ज्ञान युक्त र व्यवसायीक बनाउन तालिम प्रभावकारी भएको संस्थाका अध्यक्ष गोविन्द न्यौपानेले बताए ।
तालिम ज्ञान बिकास पुस्तकालय पनौतीको सभा हलमा भएको थियो । संस्थाको देवीस्थान सेवाकेन्द्र, ऐरिगाँउ र महांकाल सेवा केन्द्र खरिबोट समुदायका सदस्यहरुको मागमा आधारित रहेर तालिम संचालन गरेको संस्थाले जनाएको छ । देब तामाङ, यादब सुबेदी र गणेश कुमार श्रेष्ठ लगायतले सहजिकरण गरेको तालिममा ३७ जना कृषकहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुलई संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपाने तथा सचिब हरिशंकर तिमल्सिनाले प्रमाणपत्र प्रदान गरेका थिए ।