पनौती। पनौती नगरपालिका वडा नं. ६ गुराँसमार्ग स्थित सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारीले आफ्नो १७ औँ वार्षिक स्थापना दिवस भब्यताका साथ मनाएको छ । सोही अवसरमा सहकारीको शिक्षा तथा प्रचारप्रसार उपसमितिको संयोजकत्वमा पनौती नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागितामा नगर स्तरिय सहकारी निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रममा पनौती नगरपालिकाका ११ वटा निजी र सामुदायिक विद्यालयका २३ जना बिद्यार्थीहरु सहभागि भएका थिए ।
प्रतियोगितामा भालेश्वर मा.वि. का अबिना कार्कीले प्रथम, काभ्रे अङ्ग्रेजी मा.वि. का गरिमा सापकोटाले द्वितिय, अरुणोदय आवसीय मा.वि. का क्रिस्टिनाा सुर्खेतीले तृतिय तथा सोही विद्यालयका कुसुम तिमल्सिनाले सान्त्वना स्थान हाँसिल गरेका छन ।
कार्यक्रम संस्थाको शिक्षा तथा प्रचारप्रसार उपसमितिको संयोजक तथा सहसचिव प्रवीण दाहालको संयोजकत्वमा आयोजना गरिएको हो । संयोजक दाहालले विद्यार्थीहरूले प्रतियोगिता मूलत संस्थाको सामाजिक उत्तरदायित्वका साथै बिद्यार्थीहरुमा सहकारीको महत्त्व दर्शाउने र सहकारीबारे सकारात्मक चेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको बताउनुभयो । सहभागि विद्यार्थीहरूले सहकारीको विषयमा अनुकरणीय लेखनकला प्रस्तुत गरेको दाहालको तर्क थियो ।
पुरस्कार वितरण कार्यक्रम काभ्रेपलान्चोक जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यता रहेको थियो । सभाको उद्घघाटन गर्दै शर्माले संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जिवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सहकारी मार्फत कृषि, साना उद्योग जस्ता क्षेत्रबाट आर्थिक विकास गर्न सकिने उल्लेख गर्दै शर्माले सहयात्राले आर्थिक अनुशासन पालना गरेको र निर्धक्कसंग सम्पुर्ण कारोबार गर्न यस संस्थालाई पहिलो प्राथमिकतामा राख्न्न अनुरोध गर्नुभयो । अन्य ठाउँमा जस्तो पनौतीका सहकारीहरु नभागेका साथै सहकारीको मुल्यमान्यता अवलम्बन गर्दै संस्थाहरु अघि बढेको र जिल्ला संघले सहकारी अभियानमा यहि क्षेत्रबाट नेत्तृत्व गर्न सफल रहि सुशासनसहित सहकारीहरु अघि बढेकोमा संघको तर्फबाट धन्यवाद व्यक्त गर्दै संस्थाका विवरणहरु चित्तबुझ्दो रहेको बताउनुभयो ।
पनौती न.पा. वडा न. ४, ६, ७ र ८ का वडा अध्यक्षहरु दिपक प्रसाद दाहाल, भिम प्रसाद आचार्य, सबिन ताम्राकार र बेद प्रसाद बन्जाराको विशेष आतिथ्यतामा संचालित कार्यक्रम ज्योती मिर्मिरे साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको आतिथ्यतामा सम्पन्न भएको थियो ।
संस्थाको १७ औं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा. वडा न. ४ का वडाअध्यक्ष दिपक प्रसाद दाहालले सहकारीको कार्य सम्पादन र सुशासन चित्तबुझ्दो रहेको भन्दै आगामी दिनहरुमा पनि उज्वल भविष्यको कामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा. वडा न. ६ का वडाअध्यक्ष भिम प्रसाद आचार्यले आफ्नै वडामा रहेको यो सहकारीले आफ्नो अस्तित्व कायम गर्दै प्रतिस्पर्धामा उत्रिन सफल भएकोमा आफू खुसी भएको भन्दै थप सफलताको कामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा.वडा न. ८ का वडा अध्यक्ष बेद प्रसाद बन्जाराले विभिन्न सहकारी एकीकरण गरि सदस्यहरुलाई थप सेवा सुबिधा प्रदान गर्दै अझ बढी मन जित्न सफल भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा.वडा न. ७ का वडा अध्यक्ष सबिन ताम्राकारले बिद्यार्थी बर्गमा सहकारीको महत्त्व बुझाउन र समाजमा सहकारीप्रतिको चेतनाको स्तर बढाउन यो कार्यक्रमले थप टेवा पुर्याउने कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
संस्थाका सल्लाहकारहरु, विभिन्न समिती/उपसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका कर्मचारीहरु, पनौती नगरपालिका भित्रका विभिन्न विद्यालयहरुका प्रधानाध्यापक/ शिक्षक र विद्यार्थी सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिब हरीशंकर तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो । संस्थाको १७ औं स्थापना दिवस केक काटेर उत्सवको रुपमा मनाइएको प्रमुख व्यवस्थापक गौतम प्रजापतिले बताउनुभयो ।