बनेपा
सहकारीमा सुशासन प्रविधि र र एकिकरण भन्ने नाराका साथ काभ्रेमा विभिन्न कार्यक्रम गरि सहकारी ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
दिवसको अवसरमा जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको थियो । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकको आयोजनामा जिल्लाका अन्तर सहकारीहरुबिच प्रतियोगितात्मक लोक दोहोरी प्रतियोगिता गरिएको हो ।
जिल्लाका ३० वटा सहकारीहरुको सहभागिता रहेको कार्यक्रममा नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले प्रथम स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा सहभागी सहकारी संस्थाहरुले सहकारी सम्बन्धि सन्देशमुलक लोकदोहरी गीत प्रस्तुुत गरेका थिए ।
श्री नवदुर्गा साकोसले प्रथम स्थान हासिल गरेको प्रतियोगितामा, बुडोल सामुदायिक साकोस दोस्रो, अग्रसर पञ्चामृत बहुउद्देश्यीय सहकारी संस्था लि र कल्याणकारी बहुउद्देश्यीय सहकारीले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
प्रतियोगिताका प्रथम हुनेले ३० हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५/५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपालका केन्द्रिय उपाध्यक्षद्वय सुवास केसी र राधिका हमाल, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल बागमती प्रदेशका अध्यक्ष बासु सिमखडा र वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा निर्णायकका रुपमा रहेका थिए ।