पनौती
तेजगङ्गा बहुमुखी क्याम्पस पनौतीको आयोजना र प्रधान कार्यालय पनौती–६, गुराँसमार्गमा अवस्थित सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.को समन्वयमा सामजिक उत्तरदायित्व बहन गर्ने उदेश्यसहित एक दिने सहकारी र बित्तीय अनुशासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सहयात्रा सहकारीमा आवद्ध विभिन्न समिति/उपसमितिका पदाधिकारी र सेयर सदस्यहरु तथा तेजगङ्गा बहुमुखी क्याम्पसका प्राध्यापक तथा अध्ययनरत बिद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।
कार्यक्रम सहकारीको मूल्य, मान्यता, बचत लगायतका वित्तीय कारोबारमा सेयर सदस्यको भुमिका दायित्व तथा एक नागरिककाे जन्मदेखी मृत्युपर्यन्त सम्मका आर्थिक भूमिकाका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रमका सहभागीहरुलाई बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ(प्रोस्कुन)का तालिम÷कार्यक्रम अधिकृत नवराज घोरसैनेद्वारा सहजीकरण गरिएको थियो ।
क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रममा क्याम्पस संचालकसमितीका उपाध्यक्ष राजाराम सैजुको प्रमुख आतिथ्यता रहेको थियो सहयात्रा सहकारीका अध्यक्ष गोबिन्द प्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भनेसहायक क्याम्पस प्रमुख भिमसेन के.सी. संचालन गरेका थिए । कार्यक्रम ।ज्ञानबिकास पुस्तकालयको सभाहलमा भएको थियो ।