• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

३ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  Breaking News
  • ३१० पटक पढिएको
  • संघिय,प्रदेश सरकारको नीति,कार्यक्रम साथै बजेटमा मात्र कृषक र कृषि

  • सरोज सापकोटा
  • २०८१ जेष्ठ १२, शनिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    खेतबारीमा मल हाल्नुपर्ने बेलामा अभाब सँगै कालोबजारी सुरु

    बनेपा/कृषिप्रधान देश नेपालमा सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा कृषिलाई नै पहिलो ‘प्राथमिकता’ का साथ राखि बजेट बनाइन्छ । बिडम्बना मलकै अभाबमा किसानहरु को वर्षेनी छटपटी सुरु हुने गरेको छ । यस बर्ष पनि विगतका बर्षहरुमा झैं किसानहरुको दुःखको समय फेरी सुरु भएकोे छ । १ बोरा मल लिन लाई घण्टौं लाइन बस्नुपर्ने, कालोबजारी मार्फत मल खरिद गर्नुपर्ने, सरकारको आसमा किसानको समस्या उस्तै रहिरहने बिषय यो बर्ष पनि सुरु भएको छ । किसानले भोग्ने पीडा र कथा उही हुन्छ, उहि कथा प्रत्येक बर्ष दोहोरिने गरेको छ । सरकारको आश्वासन प्रत्येक बर्ष उस्तै हुने गरेको छ । जति किसानहरुलाई आश्वासन दिने गरे पनि किसानका समस्या समाधान नहुँदा समस्याको खाल्डो पुरिने भन्दा पनि गहिरिँदै जाने गरेको छ ।

    फोटो फाइल साझा पत्रिका

    मकै गोडे पछि र धान रोप्नुअघि मल चाहिन्छ भन्ने कुरा सरकार र सरकारका कृषि निकायलाई थाहा छ । तर पनि सरकार र मातहतका कार्यालयले कानमा तेल हालेर बसे पछि किसानका समस्या जहिल्यै उस्तै रुपमा आउने गरेको छ । देश संघियतामा गए सँगै केन्द्रदेखि प्रदेशसम्म कृषि मन्त्रालय छन् । मन्त्री पनि छन्, कर्मचारीको त कुरै छाड्नुस् कति हो कति । राज्यको करबाट मन्त्रीदेखि कर्मचारीले सेवा सुविधा लिएकै छन् । तर, किसानका मलको दर्द र पीडालाई मलम लगाउन न मन्त्री तयार छन्, न त कर्मचारी नै । सधै सबै बर्ष सबै रमिते मात्र छन्, किसान पिडामा धरधरी रोइरहेका छन् ।
    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकमा ६ लाख मेट्रिकटन मल चाहिन्छ । तर, १ लाख मेट्रिकटन युरिया, ४४ हजार ७ सय मेट्रिकटन डीएपी र ७ हजार ५ सय मेट्रिकटन एमओपी मात्रै सरकारले आपूर्ति गरेको छ । २ लाख २२ हजार मेट्रिकटन मल आउने क्रममा रहेको कृषि मन्त्रालयले जनाएको छ । यस सँगै काभ्रेपलाञ्चोक जिल्लाका किसानहरु पनि मलको अभाबमा छनपटाउन थालेका छन् । राजधानीबाट नजिकको जिल्ला काभ्रेपलाञ्चोकमा पनि मलको अभाबमा किसानहरु छटपटाउन थालेका हुन् ।
    कृषि सामग्री कम्पनी लिमिटेडको १ लाख ५ हजार मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनको भागको १ लाख १७ हजार मेट्रिकटन मल असार मसान्तभित्र आइपुग्न मन्त्रालयले जनाएको छ । आपूर्तिकर्ताले समयमै मल नल्याएका कारण ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालय श्रोतले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले ठेक्का लगाएको मल सबै आइपुगे पनि किसानलाई पर्याप्त हुनेछैन । सरकारले गत वर्ष साढे चार लाख मेट्रिकटन मल ल्याइएको थियो । यस वर्ष गत सालको जति पनि मल ल्याउन सकेको छैन । मन्त्रालयका अनुसार ४१ लाखभन्दा बढी हेक्टर जमिनमा खेतीपाती हुन्छ । मल तथा सिँचाइ अभावकै कारण ८ लाख बढी हेक्टर जमिन सधैं बाँझो रहन्छ । मल अभावका कारण बजारमा मलको भाउ पनि ह्वात्तै बढेको छ । गत वर्षको जेठमा युरिया ५५ रुपैयाँ र डीएपीको मूल्य प्रतिकेजी ८२ रुपैयाँ थियो । यो वर्ष युरियाको १ सय ३९ रुपैयाँ र डीएपीको १ सय ६८ रुपैयाँ प्रतिकेजी मूल्य पुगेको कृषि सामाग्री केन्द्रले जनाएको छ ।
    सरकारले मल आपूर्तिका लागि भारत सरकारसँग जीटूजी गरेको छ । आगामी पाँच वर्षमा ५ लाख ६५ हजार मेट्रिकटन युरिया र ३ लाख ७० हजार मेट्रिकटन डीएपी मल खरिद गर्न भारत सरकारसँग जीटूजी भएको मन्त्रालयले जनाएको छ । अब सरकारले जीटूजीमार्फत रासायानिक मल ल्याउन लागेको बताएको छ तर पनि मल सबै किसानहरुले पाउने हुन् कि हैनन् भन्ने बिषयले किसानहरुलाई तनाब दिएको छ । नियमित रूपमा ग्लोबल टेन्डरको बाहेक सरकारले प्रमुख बालीको सिजनमा हुने मल अभावलाई कम गर्न साथै रासायनिक मलको सहज आपूर्ति र उपलब्धता गराउने उद्देश्य राखिएको छ । जसका लागि सरकारले भारत सरकारसँग सरकार–सरकार प्रक्रियाबाट आगामी पाँच वर्षमा ५ लाख ६५ हजार मेट्रिकटन युरिया र ३ लाख ७० हजार मेट्रिकटन डीएपी मल खरिद गर्ने गरी सम्झौता गरेको छ । यो सम्झौताअनुसार १ लाख ५० हजार मेट्रिकटन मल यसै आर्थिक वर्षभित्र भारतबाट ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । यो सम्झौताअनुसार खरिद प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र भारत सरकारका तर्फबाट राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर लिमिटेडलाई जिम्मेवारी दिइएको छ । तर पनि मलको हाहाकार देखाएर कोही ब्यक्तिहरु मालामाल हुने कारण पनि प्रत्येक बर्ष समस्या सिर्जना हुने गरेको जानकारहरु बताउँछन् ।

    काभ्रेपलाञ्चोक जिल्लामा १० हजार मेट्रिक टन मल आवश्यक ?

    बनेपा/देशैभरी मल अभाब भए सँगै काभ्रेपलाञ्चोक जिल्लामा पनि मल अभावको समस्या विगतमा जस्तै देखिन थालेको छ । जिल्लाका १३ वटा स्थानिय तहका किसानहरुलाई कम्तिमा १३ हजार मेट्रिक टन मल आवश्यक रहेको कृषि साग्रमी कम्पनी लिमिटेड काभ्रेपलाञ्चोकले जनाएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेल काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा सात हजार मेट्रिक टन युरिया, चार हजार मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन पोटास आवश्यक रहेको छ ।


    पहिलाका बर्षहरुमा पनि आएको मललाई दामासाही रूपमा बितरण गरेको तर मलनै हाहाकार भएपछि किसानहरुलाई वितरण गर्न नसकेका केन्द्रले जनाएको छ । विविध कारण नाकाबाट मल नआएको कारण पनि जिल्लामा मलको हाहाकार भएको केन्द्रको ठम्याई छ । कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेल काभ्रेपलाञ्चोकले चारवटा जिल्लामा मल वितरण गर्दै आएको छ । चार जिल्लामा चार सय डिलर रहेको केन्द्रले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution