• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ५, मंगलबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

४ घण्टा अघि
२

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ हफ्ता अघि
३

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ हफ्ता अघि
४

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

दह लोकार्पित

२ महिना अघि
६

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

४ महिना अघि
७

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

४ महिना अघि
८

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

४ महिना अघि
९

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

५ महिना अघि
१०

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

५ महिना अघि
११

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

५ महिना अघि
१२

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

५ महिना अघि
होमपेज /  Breaking News
  • ८८७ पटक पढिएको
  • पनौतीका शिक्षकहरु विदाको दिन पनि कम्प्युटरमा

  • नारायण सापकोटा
  • २०८१ अषाढ ३, सोमबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौती नगरपालिकाका शिक्षकहरुलाई केही दिन देखि विदाको दिन पनि भ्याइ नभ्याइ छ । उनीहरुको यो व्यस्तता प्रविधिमैत्री शिक्षक बनी कक्षाकोठामा प्रवेश गर्नुका लागि हो । जसका लागि उनीहरु तोकिएको विद्यालयमा पुगेर उत्साहका साथ कम्प्युटर सिक्नमा व्यस्त छन् । नगरपालिकाले सबै शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्य सहित कम्प्युटर तालिमको अयोजना गरेपछि शिक्षकहरु कम्प्युटर सिक्नमै व्यस्त बनेका हुन् ।

    नगरपालिकाको डिजिटल प्रविधिमा आधारित विद्यालय निर्माण गर्ने उद्देश्य सहित नगरपालिकामा कार्यरत सबै शिक्षकहरुलाई कम्प्युुटर सम्बन्धि आधारभूत तालिम प्रदान गर्न लागिएको नगरप्रमुख रामशरण भण्डारीले बताए । ‘समय सापेक्ष प्रविधिमा आधारित रहेर शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो । नगरका सबै विद्यालयमा कम्प्युटर पुर्याइसकेका छौं । अब सबै शिक्षक प्रविधिको प्रयोग गरी शिक्षण सिकाइमा दक्ष हुनु जरुरी छ । यसकै लागि कम्प्युटर कक्षा शुरु गरिएको हो ।’ नगर प्रमुख भण्डारीको भनाई थियो ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा अन्य विभिन्न कार्यक्रम मार्फत धेरै विद्यालयहरुमा कम्प्युटर ल्याव स्थापना गरिएका छन् । शिक्षण सिकाईका लागि प्रोजेक्टर तथा स्मार्ट बोर्डहरु उपलब्ध गराइएका छन् । तर शिक्षकमा कम्प्युटर चलाउने सिपको कमीका कारण सबै शिक्षकले त्यस्ता प्रविधिका सामग्री प्रयोग गर्न सकेका छैनन् ।

    नगरपालिकाले नगरका सबै क्षेत्रका शिक्षकलाई पायक पर्ने स्थानका विद्यालयहरुमा कम्प्युटर सिकाई केन्द्र निर्माण गरेको छ । जसमा कुशादेवी मा.वि कुशादेवी, भालेश्वर मा.वि मल्पी, इन्द्रेश्वर मा.वि पनौती, शारदा मा.वि सुन्थान र कमलादेवी जनप्रिय मा.वि बल्थलीमा तालिम संचालन भइरहेको शिक्षा शाखा पनौतीका स्रोत व्यक्ति महेश्वर जंगमले जानकारी दिए । १५ दिन सम्म संचालन हुने तालिमको पहिलो चरणमा १ सय ५० जना शिक्षक सहभागी गराइएको उनले बताए । विभिन्न चरणमा संचालन गरिने यस तालिम आगामी श्रावण मसान्त सम्ममा सबै शिक्षकलाई प्रदान गरिसक्ने लक्ष्य रहेको उनको भनाई छ ।

    गत जेठ ३२ गते तालिमको एक औपचारिक कार्यक्रमका बिच नगरप्रमुख रामशरण भण्डारीले शुभारम्भ गरेका थिए । पहिलो चरणको तालिम असार १५ गते सम्म संचालन हुने छ । संघ प्रदेश तथा नगर स्तरीय कार्यक्रमबाट विद्यालयहरुमा कम्प्युटर लगाएतका सिकाइका सामग्रीहरु व्यवस्थापन भएका छन् । बाँकी विद्यालयमा हुने क्रममा छन् । नगरको उद्देश्य शिक्षण सिकाईमा भरपुर मात्रामा प्रविधिको प्रयोग होस, प्रविधिमा विद्यार्थीहरुको पहुँच रहोस भन्ने हो । नगरको डिजिटलमैत्री विद्यालय निर्माण गर्ने लक्ष्य अनुरुप सबै शिक्षक सक्षम हुन् त्यसको प्रत्यक्ष प्रभाव कक्षाकोठामा देखिुनपर्छ । यहीँ अनुरुप विद्यालयलाई प्रविधियुक्त तथा शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्य नगरपालिकाको नीतिमा रहेकोले तालिम अयोजना गरिएको पनौती नगरपालिका नगर प्रमुखको सचिवालय प्रमुख राजेशराज महतले बताए ।
    समय अनुसार शिक्षण प्रकृया र विधिमा फरकपन आउँछ नै अहिलेका विद्यार्थीहरु नै ‘डिस्प्ले मैत्री’ भइसकेका छन् भने शिक्षक पनि त्यस अनुरुप चल्न सक्नुपर्छ । यसका लागि यो तालिम कार्यक्रम उपयोगी रहेको तालिमका सहभागी शिक्षक राजकुमार तिमल्सिनाले बताए ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा अन्य विभिन्न कार्यक्रम मार्फत धेरै विद्यालयहरुमा कम्प्युटर ल्याव स्थापना गरिएका छन् । शिक्षण सिकाईका लागि प्रोजेक्टर तथा स्मार्ट बोर्डहरु उपलब्ध गराइएका छन् । तर शिक्षकमा कम्प्युटर चलाउने सिपको कमीका कारण सबै शिक्षकले त्यस्ता प्रविधिका सामग्री प्रयोग गर्न सकेका छैनन् । नगरपालिको यस प्रकारको कार्यक्रमले शिक्षकहरुमा कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान हुने र कक्षाकोठामा त्यसको प्रयोग गरी प्रविधिमैत्री कक्षाकोठा निर्माण हुने विश्वास गरिएको छ ।

    • #पनौती
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ताजा समाचार
    १

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    २

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ३

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ४

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ५

    दह लोकार्पित

    ६

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ७

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ८

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ९

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    १०

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution