काभ्रे । नेपालमा पहिलोपटक काभ्रेको बनेपामा उड्डयन व्यवस्थापनमा स्नातक तहको पढाइ हुने भएको छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत रहेर सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटले संयुक्त कार्यक्रमको रुपमा उक्त कार्यक्र संचालन गर्न लागिएको हो । उड्डयनसम्बन्धी अध्ययनका लागि मुलुक बाहिर धाइराख्नुपर्ने बाध्यता रहेको बेला यसै वर्षबाट उक्त कक्षा बनेपामा संचालन हुने सिम्रिक भेन्चरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताए ।
आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अब नेपालमै उड्डयनसम्बन्धी अध्ययन गर्न सकिने बताएका हुन् । सम्मेलनमा जानकारी गराइए अनुसार उड्डयन व्यवस्थापनको प्रस्तावित कार्यक्रम स्नातक तह चार वर्षको हुने छ । उक्त ज्ञान प्राप्त जनशक्तिले उड्डयन सञ्चालन एयरलाइन्स र एयरपोर्टहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान अर्जन गर्ने छन् ।

यस कार्यक्रमले उड्डयन कानून र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन अपरेसनहरू, उड्डयन कि र अर्थशास्त्र, उड्डयन मार्केटिङ, पर्यटकीय महत्व र मानव संसाधन व्यवस्थापन सहित विषयहरूको विस्तृत दायराले समेट्ने बताइको छ ।
कार्यक्रममा क्याप्टेन थापाले भने पाठ्यक्रम विद्यार्थीहयरूको आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू विकास गर्न डिजाइन गरिएको छ, । यसले सम्बन्धित गतिविधिहरू प्रबन्ध गर्न व्यावहारिक प्रशिक्षण प्रदान गर्दछ । विद्यार्थीहरूले उड्डयन प्रविधि उपकरणहरु र प्रणालीहरू सहित उड्डयनका विभिन्न पक्षहरुबारे सिक्नेछन् । तिनीहरूले जटिल परिस्थितिहरू कसरी व्यवस्थापन गर्ने, दवावमा काम गर्ने र विभिन्न सरोकारवालाहरूसँग प्रभावकारी रूपमा कुराकानी गर्ने तरिका सिक्नेछन् ।
उड्डयन व्यवस्थापनको स्नातक पाठ्यक्रमको उद्देस्य विद्यार्थीहरुलाई उड्डयन सम्बन्धी गतिविधिहरू प्रभावकारी रूपमा व्यवस्थापन र सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र प्रशिक्षण प्रदान गर्नु हो । जसका मुख्य उद्देश्यहरु नेपाली उड्डयन उद्योगको इतिहास, संरचना, प्रविधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरू सहितको विस्तृत बुझाइको विकास गर्नु, विद्यार्थीहरुलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरू व्यवस्थापन गर्न आवश्यक व्यवस्थापन कौशल र ज्ञानको साथ सुसज्जित गर्नु रहेको उनले बताए ।

त्यस सँगै विद्यार्थीहरूमा आलोचनात्मक सोच, समस्या समाधान र सञ्बार सीपहरू बढाउनु, उड्डयन उद्योगमा अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई यसको विकास र विकासमा योगदान दिन प्रवर्द्धन गर्नु, नैतिक रूपमा जिम्मेवार, सामाजिक रूपमा सचेत र समाजमा सकारात्मक योगदान गर्ने स्नातकहरू उत्पादन गर्नु, यात्रुहरुको यात्रालाई आरामदायी तथा सुरक्षित बनाउनु रहेको उनको भनाई थियो ।
पत्रकार सम्मेलनपूर्व क्याम्पसको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले गरेका थिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डको बोर्डका सदस्य प्रदीपराज पाण्डे, हिमालयन एयरलायन्सका विजय श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्ले, डीन विजय केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |