काभ्रे । नेपाल पुलिस स्कुल सागाँको आयोजनामा विद्यालय स्तरिय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
सागाँस्थित विद्यालयको डि. बी. लामा मेमोरियल हलमा प्रतियोगिता सुरु भएको हो । नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष उदय कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा एक समारोह बिच उद्घाटन भएको छ ।
उद्घाटन समारोहमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरु, स्थानिय समाजसेविहरु, सहभागी विद्यालयका खेलाडी र प्रतिनिधीहरु, पत्रकार लगायत विद्यालय परिवारको उपस्थिति रहेको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै विद्यालयका प्रार्चाय मोहन पौडेलले मन्तव्य मार्फत उचित मार्गनिर्देशन पाएमा खेलमा लाग्ने विद्यार्थीहरुको भबिष्य उज्वल रहने बताएका थिए । अहिले ओलम्पिक खेलिरहेका प्रिन्स दाहाल कुनै समय यहि विद्यालयको हलमा ब्याडमिन्टन खेल्ने गरेको कुरा पनि स्मरण गराए ।
प्रतियोगिता साउन २० गते सम्म चल्ने छ । प्रतियोगितामा आयोजक सहित उपत्यका र उपत्यका बाहिरका गरि २८ विद्यालयका १ सय १९ जनाको सहभागिता रहने छ ।
प्रतियोगिताको व्यतिगत विधातर्फको विजेताले नगदसहित प्रमाणपत्र र मेडल र मेडल संख्याका आधारमा उत्कृष्ट हुने विद्यालयले ट्रफि पाउने आयोजकले जनाएको छ। विधागत उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार पाउनेछन् ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग सञ्चालन भईरहेको प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा ठुलो प्रतियोगिता भएको आयोजकले दावी गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |