• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ६, बुधबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१ दिन अघि
२

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ हफ्ता अघि
३

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ हफ्ता अघि
४

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

दह लोकार्पित

२ महिना अघि
६

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

४ महिना अघि
७

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

४ महिना अघि
८

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

४ महिना अघि
९

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

५ महिना अघि
१०

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

५ महिना अघि
११

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

५ महिना अघि
१२

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

५ महिना अघि
होमपेज /  Breaking News
  • ९१८ पटक पढिएको
  • विपी राजमार्गको क्षतिग्रस्त २८ कि.मी.क्षेत्र डबल लेनमा विस्तार हुँदै

  • सरोज सापकोटा
  • २०८१ फागुन ११, आईतबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे

    राजधानीबाट पूर्वी तराईलाई जोड्ने सबैभन्दा छोटो बीपी राजमार्ग (धुलिखेल–सिन्धुली‑बर्दिवास सडक) को सिन्धुली भकुण्डे खण्डको विभिन्न स्थानका गत असोज दोस्रो हप्ताका कारण बाढि क्षति ग्रस्त बन्यो । यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा १८ बर्षमा निर्माण सम्पन्न भएको थियो ।

    राजमार्गलाइ देशको एक उत्कृष्ट राजमार्गको रुपमा चिन्न सकिन्छ । १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास सडक जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको थियो जसको लागत २६ अर्ब जापानी येन बराबर हो । तर निर्माण सम्पन्न भएको केही बर्ष बित्न नपाउँदै गत असोज १० देखि १३ गते सम्मको अविरल वर्षा र बाढीका कारण बिपी राजमार्ग निर्माण पुर्वको अबस्थामै फर्काइदियो ।

    डिपिआर अनुसार उक्त सडकमा तीन सय एमएम ९१ लाख ५ हजार ५०८.८८ घनमिटर को सब–बेस, २५० एमएम ९६५ हजार ३७२.६४ घनमिटर को बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम र ४० एमएमको आसफाल्ट कालोपत्र गरिनेछ । तीन लाख ९६ हजार ३०२.८३ घनमिटर माटो कटिङ गर्नुपर्ने र ७ लाख ६४ हजार १७५.८८ घनमिटर पुर्नुपर्ने पनि विस्तृत परियोजना प्रतिवेदनले बताएको छ ।

    महिनौ बित्दा समेत नेपाल सरकारले चासो नदिएको बिषय क्षतीग्रस्त बिपी राजमार्गको पुर्ननिर्माणकार्य अब भने अघि बढ्ने भएको छ । लामो समयसम्म पुर्ननिर्माणमा अन्योलता पछि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताको सहमती दिएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणको प्रक्रिया अघि बढाउने भएको हो । रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग सबैभन्दा बढी कटान गरेको र बगाएको छ ।

    बाढीका कारण सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबेंसीसम्म ३० किलोमिटर सडकमा धेरै स्थानमा क्षती पुगेको छ । क्षतीग्रस्त सडकमध्ये नेपालथोक–आँपटार खण्डमा एक सय मिटर, कालढुंगा र डालाबेंसी खण्डमा पाँच–पाँच सय मिटर, चिउरीवास खण्डमा तीन सय मिटर, एक नम्बर पुल परिसरमा २ सय ५० मिटर सडक बाढीले बगाएको थियो ।

    अन्य क्षेत्रमा पनि यस्तै गरी बिपी राजमार्गलाई क्षतीग्रस्त राजमार्गको रुपमा पुर्याएको छ । काभ्रेपलाञ्चोक जिल्लाको नार्केबजार सडक सँगै बजारनै पूर्ण रुपमा बगाएको छ । यहाँको अनुमानीत १ सय ५० मिटर, चौकीडाँडामा १ सय मिटर, दाउन्नेमा १ सय मिटर, माम्ती खोलामा १ सय मिटर र ४ सय बेंसीमा ५० मिटर सडक रोशीको बाढीले बगाएको छ । अहिले यि क्षतीग्रस्त ठाउँहरुमा अस्थायी ट्रयाक खोलेर आंशिक मर्मत गरी सवारी सञ्चालन गरिएको छ ।

    पूर्वी नेपाललाई काठमाडौं उपत्यकासँग जोड्ने मुख्य राजमार्गनै बिपी राजमार्ग हो । यो राजमार्ग निर्माण भएसँगै पूर्वी भेगबाट पूर्व–पश्चिम राजमार्ग नारायणघाटबाट मुग्लिन हुँदै काडमाडौं आउनुपर्ने बाध्यता हटेको थियो । बीपी राजमार्गमा काभ्रेपलाञ्चोक जिल्लाको भ्याकुरेखोला, घ्याम्पेखोला पक्की पुल नहुँदा वर्षा याममा यातायात अबरुद्ध हुँदै आएकोमा ति स्थानहरूमा पनि सडक पूर्ण रुपमा क्षती भएको छ । यी खोलामाथिबाट आउने खहरे र बाढीका कारण वर्षा याममा हरेकदिन जसो राजमार्ग अबरुद्ध हुँदै आएको थियो । ‘यी खोलाहरूमा पक्की पुल निर्माणका लागि राज्यले यस अघिनै ठेक्का लगाई सकेको भएपनि निर्माण कम्पनीको लापरबाहीका कारण बर्षौ देखि पुल निर्माण हुन सकेका छैनन् ।

    सडक पुर्ननिर्माणका लागि लामो समय सम्म जापानको मुख ताकेर बसेको सरकारले अन्तत स्रोत सुनिश्चत गरेर ढिलै भएपनि पुर्ननिर्माण कार्य अघि बढाएको छ । बिपी राजमार्गको काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म करिव ३० किलोमिटर सडकमा क्षति पुर्याएको स्थानमा पुर्ननिर्माण गर्नमात्र १० अर्ब लागत लाग्ने अनुमान सडक विभागको प्राविधिक टोलीले निचोड निकालेको छ ।

    जसमा करिव ८ किलोमिटर सडक त पुर्ण रुपमा कटान नै गरेकाले ट्रयाक समेत बनाउने पर्ने अवस्थामा छ । भौगोलिक जटिलताका कारण ति स्थानमा सडक निर्माणमा धेरै खर्च हुने अनुमान विभागले गरेको छ । विभागले बाढी–पहिराले क्षति पु¥याएको बिपी राजमार्गको उक्त खण्ड अध्ययन गरी पुननिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । जस अनुसार पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने देखिएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका अनुसार अब बन्ने २८ किलोमिटर सडक डबल लेनको हुनेछ । पानीको निकास सहित १० मिटर चौडा हुने बताइएको छ । अब बन्ने सडक सात मिटर चौडाइ कालोपत्र गरिने बताइएको छ ।

    क्षती भएको सडक अब बन्दा क्लास–टु स्ट्यान्डर्ड अर्थात जियोमेटिक स्ट्यान्डर्डको हुनेछ । अहिले भइरहेको भन्दा फराकिलो र व्यवस्थित सडक बनाउने योजना संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयको योजना रहेको बताइएको छ । डिपिआर अनुसार उक्त सडकमा तीन सय एमएम ९१ लाख ५ हजार ५०८.८८ घनमिटर को सब–बेस, २५० एमएम ९६५ हजार ३७२.६४ घनमिटर को बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम र ४० एमएमको आसफाल्ट कालोपत्र गरिनेछ । तीन लाख ९६ हजार ३०२.८३ घनमिटर माटो कटिङ गर्नुपर्ने र ७ लाख ६४ हजार १७५.८८ घनमिटर पुर्नुपर्ने पनि विस्तृत परियोजना प्रतिवेदनले बताएको छ ।

    पछिल्लो समय अदकल्चोमा बसेको सडकलाई अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएसँगै सडक विभागले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माणको काम तत्काल अघि बढाउने तयारी गरेको सडक विभागले जनाएको छ । अर्थ मन्त्रालयले बिपी राजमार्गको पुनर्निर्माणका लागि साढे आठ अर्ब रुपैयाँ स्रोत सहमति दिएको छ । योसँगै सडक विभागले त्यसको पुनर्निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरेको छ । विभागले अर्थ मन्त्रालयसँग नौ अर्ब ६६ करोडको बजेट सहमति मागेको थियो । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले दु्रतगतिमा बिपी राजमार्गको स्थायी पुनर्निर्माणको प्रक्रिया अघि बढाउने बताएका छन् ।

    राजमार्गमा निर्माण र यातायात ब्यबसायी मनोमानी
    सडकको निर्माताले हलुका सवारी साधन प्रतिघण्टा ४० किमिको गति भनी तोकेको ठाउँमा ठूला गाडी दु्रत गतिमा हाँक्किदा सडकमा खाल्डा खुल्डीहरू ब्यापक रुपमा देखिएका छन् भने डाँडामा कुँदिएर बनेको सडक भासिने सम्भावना देखिन्छ ।

    साँघुरो बाटोमा व्यावसायिक सवारी साधनहरूको होडबाजीमा दुर्घटनाहरू पनि बढ्दो क्रममा छन् । राजमार्गको मापदण्ड र बढ्दो दुर्घटनालाई मध्यनजर गरेर १० टनभन्दा कमका मालवाहक गाडी र १८ सिटको सवारी साधन मात्रै चलाउने अनुमतिलाई सर्वोच्च अदालतले व्यवसायीहरूको दबाबमा जुलाई १५ मा रद्ध गरी १६ टनभन्दा कमका मालवाहक गाडी र ३२ सिटको सवारी साधन चलाउने अनुमति दिए सँगै समस्या उत्पन्न भएको हो । सवारी साधनको गति नियन्त्रण गर्न राखिएको टाइम–कार्ड यातायात प्रहरीको कमजोरीका कारण प्रभावकारी बन्न सकेको छैन । यातायात व्यवसायीको सबै किसिमको सवारी साधन चलाउन दिनुपर्ने अडानको अगाडि सरकारले घुँडा टेक्नुपर्ने अवस्था सरकारी पदाधिकारीहरूको व्यवसायीहरूसँगको साँठगाँठले बनेपा–बर्दिबासको यात्रालाई धरासयी बनाएको आरोप स्थानियको छ ।

    निर्माण व्यवसायीहरूले जिल्ला विकास समितिको निर्देशन पालना नगर्दा भारी मालबाहक सवारी साधनको प्रयोग र बढ्दो दैनिक बालुवा, ढुङ्गा र रोडाको निकासीले राजमार्ग, वरपरका बस्ती र प्रकृतिलाई समेत नराम्रो असर गरेको छ । यस बाट राजमार्गको रुप नै कुरुप बनाएको स्थानियहरुको आरोप छ । स्थानीय बासिन्दाको विरोधका बाबजुद मुख्य आय स्रोत बनेको व्यवसायीक रोडा ढुङ्गालाई बन्द गर्न जिल्ला विकास समिति तत्पर देखिँदैन । अवैध क्रसरको बढ्दो व्यापारका कारण कञ्चन रोशी खोला धमिलिएको छ भने राजमार्गमा यात्रुको यात्रा कष्टकर नै बन्ने गरेको छ । यस सँगै कोशी नदिकोे रूप नै बदलिएको छ ।

    सहयोगी बन्यो राजमार्गमा रोशी गाउँपालिका
    जब असोजको वर्षाले रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको काभ्रेपलाञ्चोकको रोशीदेखि नेपालथोकसम्ममा विभिन्न ठाउँमा गरेर १३ किलोमिटर सडक क्षतिग्रस्त बनाए सँगै संघिय सरकारको उपस्थिती नहुँदा राजमार्ग ब्यबस्थापनमा रोशी गाउँपालिकाहले सह्रानिय काम गरेको छ । बिभिन्न ठाउँमा गरी सिन्धुलीको नेपालथोकदेखि काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेबेंसीसम्म ३० किलोमिटर सडकमा २५ असोजदेखि अस्थायी रुट बनाएर उक्त राजमार्गमा रोशी गाउँपालिकाले यातायात सञ्चालनमा सहयोगी भुमिका खेलेको छ । यस सँगै सडक बिभाग लाई साथ दिँदै रोशी गाउँपालिकाले यात्राुहरुलाई सहजताको काम गरेको प्रती सबैले धन्यवाद् ज्ञापन गरेका छन् । रोशी गाउँपलिका सँगै नमोबुद्ध नगरपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिकाले अभिभाबकत्वको भुमिका निर्बाह गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%४%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    दह लोकार्पित

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ताजा समाचार
    १

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    २

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ३

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ४

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ५

    दह लोकार्पित

    ६

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ७

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ८

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ९

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    १०

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution