बनेपा ⁄ काभ्रेपलाञ्चोक जिल्ला पुर्वी पहाडी जिल्लाको ब्यापारिक नाकाको रुपमा हेरिन्छ । पछिल्लो समय ब्यापार सँगैं काभ्रेपलाञ्चोक जिल्ला उपत्यका पछाडी शिक्षा र स्वास्थ्यको मुख्य केन्द्रको रुपमा विस्तार हुँदै अगाडी बढेको छ । काभ्रेपलाञ्चोक जिल्लामा काठमाण्डौ विश्वविद्यालय देखि गुणस्तरिय शिक्षा प्रदान गर्ने दर्जनौ क्याम्पसहरु खुलेका छन् । यसको साथ साथै स्वास्थ्य क्षेत्रमा पनि काभ्रेपलाञ्चोक जिल्लाले फड्को मारेको पाउन सकिन्छ । जिल्लामा धुलिखेल अस्पताल, शिरमेमोरियल अस्पताल, अपाङ्ग बाल अस्पताल, मेथिनकोट अस्पताल, बिग केयर अस्पतालका साथै दर्जनौ स्वास्थ्य क्लिनिकहरु रहेका छन् । जिल्लाका खुलेका सबै अस्पतालमा सामान्य देखि बिशिष्ट खालको सल्यक्रियाका कामहरु पनि हुने गर्दछन् । त्यस्ता सल्यक्रियाका क्रममा रगतको आबश्यकता पर्ने हुन्छ । बिरामीलाई आबश्यता भएको गु्रपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तहरुले समेत समस्या पाउने गरेका छन् । रगतको् मुख्य बैंकको रुपमा रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले माग अनुसारको रगत पूर्ति गराउन नसक्दा रगतको अभाब चुलिँदै गएको छ । यसका साथै नियमित रुपमा रक्तदान गर्ने रक्तदाता नहुँदा पनि झनै समस्या बढेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकले जनाएको छ ।
केहिदिन यता काभ्रेपलाञ्चोक जिल्लामा रगत अभाब हुन थालेको छ । रगत दान गर्नेहरू भन्दा रगत लिनेहरूको संख्या बढ्न थालेपछि रगत अभाव हुन थालेको हो । रक्त सञ्चार सेवा केन्द्र काभ्रेपलाञ्चोकमा पर्याप्त मात्रामा सबै प्रकारको रगत अभाव भएको केन्द्रले जानकारी दिएको छ ।
अहिले रक्त सञ्चार केन्द्रमा ए पोजेटिभ, वी पोजेटिभी, एबी पोजेटिभी र ओ पोजेटिभ रगत अभाव भएको छ । रक्त सञ्चार केन्द्रमा ए पोजेटिभ, वी पोजेटिभी, एबी पोजेटिभी र ओ पोजेटिभ रगतको माग अत्याधिक भएकोले पनि अभाब सिर्जना भएको केन्द्रले जनाएको छ । पोजेटिभ अभाब भए सँगै फाट्ट फुट्ट रुपमा नेगेटिभ रगतको माग आउने भए पनि यि समुहको त रक्त दाता नै नभेटिने बताइएको छ । रक्तदान कार्यक्रमहरू कम भएका कारण पनि रगत अभाव देखिएको नेरेसो काभ्रेपलाञ्चोकले जनाएको छ । रगत अभाव हुन थालेपछि विरामीहरू समस्यामा परेका छन् । काभ्रेपलाञ्चोकमा रगत अभाब भएपछि भक्तपुरको साथै काठमाण्डौ बाट जिल्लामा रगत पूर्ति गर्नुपर्ने बाध्यता बढेको छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा संचालित ब्लड बैंकमा मात्र होइन राजधानीका तीनै जिल्लाका रक्त संचार केन्द्र लगायत केन्द्रीय रक्त संचार केन्द्रमा पनि रगत अभाव रहेको नेरेसो काभ्रेपलाञ्चोकदे जानकारि दिएको छ । उपत्यकाबाट रगतको माग धेरै आउन थालेको छ । दैनिक दर्जनौं कल फोन आउँछ । काभ्रेका अस्पतालमा भएका बिरामीहरुका लागि उत्तिकै माग छ । तर रक्त संकलनका कार्य न्यून हँुदा रगत उपलब्ध गराउनै समस्या रहेको छ ।
आपत्कालिन अवस्थाका बिरामीहरुलाई रगत आबश्यक पर्दा चिनजानका व्यक्तिहरुलाई रगत दिन अनुरोध सहित फोन गर्दा पनि रक्तदानका लागि तयार हुन्छन् । त्यस्ता बिरामीहरुको सन्दर्भमा यो विधिबाट पनि उपलब्ध गराएको बताइएको छ । तर रक्त संचार केन्द्रबाट अभावका कारण माग बमोजिम उपलब्ध गराउन नसकिएको बताइएको छ ।
भिटामिन ए, सी र ई ले सेतो रक्तकोषिकालाई सही तरीकाले काम गर्न मद्दत गर्नुका साथै यिनीहरुको संख्या बढाउन समेत मद्दत गर्छ । त्यसैले, त यसको सेवनद्धारा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोग लाग्नबाट बच्न सकिन्छ । यसको लागि गाजर, गोलभेडा, खुर्शानी, जैतुनको तेल, बदाम र सुन्तलाको सेवन गर्नुपर्ने डाक्टरहरु बताउँछन् । लसुन एउटा अचुक औषधी हो यसमा रहेको एन्टीअक्सिडेन्ट, एन्टीव्याक्टेरियल तथा एन्टी इन्फ्लेमेन्टरी तथा एन्टीभाइरलले गुण सेतो रक्त कोषिका निर्माण गर्न मद्दत गर्छ । र, शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाएर रोगसित लड्न मद्दत गर्छ ।
विभिन्न रोगका बिरामीहरुसँगैे दुर्घटनाजन्य बिरामीहरु पनि उत्तिकै बढेको अनुमान नेरेसोले जनाएको छ । ‘रक्त संकलन गर्न सक्रिय संस्थाहरुको खाताबन्दीको समय तथा मौसमका कारण रक्त संकलनका कार्यक्रमहरु सिमित आयोजना भएका छन् । रक्तदान गर्ने उमेरका युवा युवती विदेशिएका छन् जसका कारण कार्यक्रम आयोजना हुँदा पनि सोचेजस्तो रगत संकलन हुने गरेको छैन । रगतको माग बढि हुने अस्पतालहरुमा शिर मेमोरियल बनेपा तथा धुलिखेल अस्पताल भुलिखेलमा काभ्रेपलाञ्चोक जिल्ला लगायत सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा,ओखलढुङ्गा,सोलुखुम्बु, उदयपुर सँगैं मधेस र भित्री मधेसका बिभिन्न जिल्लाबाट बिरामीहरुको चाप बढे सँगै रगत पनि अभाब चुलिएको हो । यस सँग सँगै जिल्लामा दुई विपी तथा अरनिको राजमार्गका दुर्घटनाजन्य बिरामीहरुको लागि समेत माग बढि हुने हुँदा नेरेसो काभ्रेलाञ्चोकको रक्त संचार केन्द्रबाट ४० प्रतिशत रगत जिल्ला मै खपत हुने गरेको थियो । त्यसैगरी संकलित रगतको ६० प्रतिशत बढि उपत्यकाका अस्पतालहरुमा पठाउने गरेको भए पनि अहिले रक्तदाता नहुँदा र रक्तदानका कार्यक्रमहरु नहुँदा रगतको अभाब बढेको बताइएको छ । रगतको माग धेरै भएको तर संकलन नहुँदा बिरामीहरु समस्यामा छन् । बढ्दो दुर्घटनाले झनै माग बढ्ने गरेको छ ।
रगत के हो ?
रगत जीवजन्तुहरूको शरीरमा पाइने रातो तरल पदार्थ हो जसले शरीरको कोषहरूमा आवश्यक पदार्थहरु जस्तै पोषक तत्व र अक्सिजन पुराउछ । यो प्लाजमा र रक्त कोषहरूको समिश्रणले बनेको हुन्छ । धमनी नली तथा शिरा नलीमार्फत शरीरमा रगतको सञ्चार हुन्छ । विशेषत धमनी नलीले मुटुबाट शुद्ध रगत विभिन्न अङ्गहरूमा पुराउछ भने शिरा नलीले अशुद्ध रगतलाई मुटुसम्म पुराउछ। रगत हाम्रो शरीरको अस्थि मज्जा (बोन म्यारो) बन्छ । मानव शरीरमा औसत ७.५ लीटर रगत हुन्छ ।
राता रक्त कोषहरूलाई इरिथ्रोसाइट्स पनि भनिन्छ । एक घन मिलिलिटर रगतमा ४५ लाखदेखि ५० लाखसम्म राता रक्त कणिकाहरू हुन्छन् । यिनको आयु ९० देखि १२० दिनसम्म हुन्छ । यिनीहरू बोन म्यारोमा बन्छन् । यी कोषहरू प्रत्येक सेकन्डमा २० लाख जति बन्छन् भने त्यत्तिकै सङ्ख्यामा नासिन्छन् । राता रक्त कोष बन्ने र नासिने प्रक्रिया बाचुन्जेल चलिरहन्छ । पुराना रक्त कोषहरू कलेजो र फियोमा नष्ट हुन्छन् । यसमा भएको फलाम तत्त्व पुनः प्रयोगमा आइरहन्छ ।
रगतले हाम्रो शरिरमा महत्वपुर्ण कार्य गर्ने डाक्टहरु बताउँछन् । कोशिकासम्म अक्सिजनको आपूर्ति, ग्लुकोज, एमिनो एसिड र फैटी एसिड जस्ता पोषक तत्वको आपूर्ति, कार्बन डाइक्साइड, यूरिया, र ल्याक्टिक एसिड जस्ता फोहोरहरूलाई हटाउने, हर्मोनको परिवहन, शरीर पीएच को सन्तुलन,हाइड्रोलिक कार्य आदि गर्ने बताउँछन् । मानव शरीरको कुल वजनको ७.५ मात्र रगत हुन्छ । मानव शरीरमा औसत ५.५ लीटर रगत हुन्छ । प्लाज तथा विभिन्न रक्तकोषहरु जस्तै, रातो रक्तकोष, स्वत रक्तकोष, प्लेटलेटस् मिलेर रगत बनेको हुन्छ । रगतमा प्लाज्मा ५४.३५, रातो रक्तकोषहरु ४५५ र सेतो रक्तकोष ९.७५ को मात्रामा हुन्छ । शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन् । सेतो रक्तकोशिका, रातो रक्तकोशिका, प्लेटलेट्स । खासगरी शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र वाह्य संक्रमणबाट शरीरलाई रक्षा गर्न सेतो रक्तकोशिका चाहिन्छ । त्यसैले त जब शरीरमा सेतो रक्तकोशिकाको मात्रा कमी हुन्छ, तब शरीरमा अनेकन रोगले संक्रमण गर्न थाल्छ । अर्थात, शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ । शरीरमा सेतो रक्तकोषिकाको काउन्टमा कमी भएमा व्यक्तिलाई ल्युकोपिनिया नामक समस्या हुन सक्छ । यो समस्या भएमा रोगबाट लड्ने शरीरको शक्तिमा कमी हुने गर्छ र एड्स, क्यान्सर, हेपाटाइटिस जस्ता रोग लाग्ने सम्भावना बढ्न थाल्छ ।
भिटामिन ए, सी र ई ले सेतो रक्तकोषिकालाई सही तरीकाले काम गर्न मद्दत गर्नुका साथै यिनीहरुको संख्या बढाउन समेत मद्दत गर्छ । त्यसैले, त यसको सेवनद्धारा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोग लाग्नबाट बच्न सकिन्छ । यसको लागि गाजर, गोलभेडा, खुर्शानी, जैतुनको तेल, बदाम र सुन्तलाको सेवन गर्नुपर्ने डाक्टरहरु बताउँछन् । लसुन एउटा अचुक औषधी हो यसमा रहेको एन्टीअक्सिडेन्ट, एन्टीव्याक्टेरियल तथा एन्टी इन्फ्लेमेन्टरी तथा एन्टीभाइरलले गुण सेतो रक्त कोषिका निर्माण गर्न मद्दत गर्छ । र, शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाएर रोगसित लड्न मद्दत गर्छ । यसका साथै ग्रीन टीमा रहेको भिटामिन सी, पोलिफिनलको साथमा रहेका अन्य एन्टी अक्सिडेन्ट तत्वले शरीरमा रहेका व्याक्टेरियालाई नष्ट गरेर शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउँछ र सेतो रक्तकोशिका बढाउँछ । शरीरमा जिंकको कमी भएमा सेतो रक्तकोशिका कम हुने गर्छ । जबकी जिंकयुक्त आहारको सेवनले सेतो रक्तकोशिकाको संख्या बढाउन मद्दत गर्छ । त्यसैले, आहारमा सकेसम्म जिंकको मात्रा बढाउने कोशिश गर्नुपर्छ । यसका साथै नियमित रुपमा दहीको सेवन गरेमा सेतो रक्तकोषिकाको संख्या बढ्नुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्छ । दहीले शरीरमा एन्टिबायोटिक सरह नै काम गर्छ र रोगसँग लड्न मद्दत गर्छ । सँग सँगै हामीले भिटामिन वा खनिजका कारण आहारमा हरियो सागसब्जी महत्वपूर्ण हुन्छ । यसलाई लौह तत्व, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यसमा शक्तिशाली एन्टीअक्सिडेन्टस् तत्व हुन्छ जसले सेतो रक्तकोशिकाको संख्या बढाउँछ । जसले गर्दा शरीरमा क्यान्सरलाई बढाउने फ्री रेडिकल्स बढ्न पाउँदैन । हाम्रो इन्द्रावती साप्ताहिक बाट साभार