काभ्रेपलाञ्चोक/ जिल्ला प्रशासन कार्यालय काभ्रेले सुनकोशी नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन सूचित गरेको छ ।
आज सूचना जारीगर्दै प्रसाशन कार्यालयले भनेको छ – “चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचना अनुसार– मिति २०८२ असार ७ गते सम्म छिमकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको) लाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोवास गर्नुहुने महानुभावहरुमा सर्तकता अपनाउन सजग गराएको हुँदा सुनकोशी नदीमा आउनसक्ने सम्भावित बाढीले यस जिल्लाको भुम्लु, तेमाल र रोशी गाउँपालिकाको सुनकोशी नदी किनारको वस्तीमा जोखिम हुनसक्ने भएकाले नदि आसपास बसोवास गर्ने वासिन्दाहरुले सतर्कता अपनाउनु हुन अनुरोध छ ।”