काभ्रेपलाञ्चोक/ पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाको सत्रौं नगर सभामा नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नगर प्रमुख भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिएको बताए । गत वर्षको बाढीबा क्षती भएका संरचना निर्माणलाई प्राथमिकतामा राखेको र कृषि व्यवसाय, पशुपालन लगायत धार्मिक र सांस्कृतिक क्षेत्रलाई विशेष महत्व दिएको नीति तथा कार्यक्रममा उल्लेख छ । पनौतीको सिरानचौरमा निर्माणाधिन रङ्गशालालाई समेत विशेष महत्वका साथ बजेट छुट्याएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजार रुपैयााको बजेट ल्याएको छ ।
काभ्रे जिल्लाका १३ वटा पालिका मध्य सबैभन्दा ठूलो आकारको बजेट ल्याएको पनौतीले प्रति वडा १ करोड ३० लाखका दरले रकम विनियोजन गरेको छ । नगर सभामा उपप्रमुख गिता बञ्जराले नगर सभामा उपप्रमुख गिता बञ्जाराले आर्थिक वर्ष २०८२÷८३ को आय व्यय सहितको बजेट प्रस्तुत गरेकी थिइन् ।

