पनौती / पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा हुने भएको छ ।
नेपालको संविधानको धारा ३१ अनुसार नगरमा प्रत्येक नागरिकलाई अनिवार्य र निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने हक सुनिश्चित गरिएको छ । यही व्यवस्थालाई मूर्तरूप दिन पनौती नगरपालिकाले नगर क्षेत्रभित्रका सबै आधारभूत तह (कक्षा १ देखि ८ सम्म) १३ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गराई घोषणाका लागि आवश्यक कदम चालेको छ।
पनौती नगरपालिका शिक्षा शाखाका अनुसार बुधबार एक कार्यक्रमका बीच औपचारिक रुपमा पनौतीलाई “अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका” घोषणा गरिनेछ।
नगरभित्रका १२ वटै वडामा वडा शिक्षा समिति मार्फत गत वैशाखदेखि व्यापक रुपमा शिक्षा अभिमुखिकरण क्रियाकलाप संचालन गरिएका थिए । ती क्रियाकलाप अन्तर्गत घरदैलो अभियान, अभिभावक सचेतना कार्यक्रम, विद्यालय बाहिर रहेका बालबालिकाको लगत संकलन, प्रचारप्रसार लगायतका चरणगत गतिविधिहरू प्रभावकारी ढंगले सञ्चालन गरिएको थियो।
पनौती नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमका अनुसार लक्षित उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भएका र फरक क्षमता भएका बालबालिकाहरुका लागि समेत नगरपालिकाले थप पहलकदमी अगाडि बढाएको जानकारी दिए ।
यस घोषणाले नेपालको संविधान र शिक्षा नीतिको मर्म अनुरूप सबैलाई गुणस्तरीय शिक्षामा पहुँच पु¥याउने स्थानीय तहको प्रतिबद्धता पूरा हुने र शिक्षा क्षेत्रमा समावेशीता, समानता र अवसरको सुनिश्चिततामा थप योगदान पु¥याउने उनले बताए ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |