दोलालघाट।
काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–८, दुलालेश्वर मन्दिर नजिक भोटेकोशी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्।
आज (भदौ १२ गते) बिहान ११:१५ बजे भुम्लु गाउँपालिका–१, रिठ्ठे बस्ने २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी चौकी दोलालघाटले जनाएको छ।
घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षक सुनकाजी तामाङको कमाण्डमा चार जनाको टोली परिचालन गरी खोजतलास कार्य जारी राखिएको छ।
घटनास्थल प्रहरी चौकी दोलालघाटबाट करिब ५०० मिटर पश्चिमतर्फ पर्ने बताइएको छ।
