• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

२ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  समाचार
  • १५६ पटक पढिएको
  • लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

  • साझा संवाददाता
  • २०८२ फागुन २, शनिबार (२ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    भक्तपुर। साहित्यिक बहसलाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। करिब दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त कार्यक्रम साहित्य, जीवन, इतिहास, संस्कार र सिर्जनाको गहिरो बहसका रूपमा समापन भएको थियो।

    कार्यक्रमको प्रारम्भमा विराट मानन्धरले कवि लाकोजूको जीवनी र साहित्यिक यात्रामाथि विस्तृत प्रकाश पारे। पनौतीको सांस्कृतिक र प्राकृतिक परिवेशमा जन्मिएर हुर्किएका लाकोजूले बाल्यकालदेखि नै जात्रा–पर्व, मठमन्दिर र स्थानीय संस्कारबाट प्रेरणा लिएको प्रसङ्ग उनले प्रस्तुत गरे। अक्षरकर्मप्रतिको लगाव र साहित्यले दिने आत्मिक आनन्दकै कारण आफू लेखन क्षेत्रमा सक्रिय बनेको लाकोजूको भनाइ थियो।

    कार्यक्रममा लाकोजूका कविता, मुक्तक, कथा, हाइकु, नियात्रा, अनुसन्धानमूलक निबन्ध, संस्मरण, अनुवाद तथा बालसाहित्यसम्म फैलिएको सिर्जनात्मक विस्तारको चर्चा गर्दै उनलाई “बहुभाषिक र बहुविधात्मक स्रष्टा”का रूपमा परिचित गराइयो। नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र नेपाल भाषामा समेत कलम चलाएर उनले आफ्नै पृथक् पहिचान बनाएको उल्लेख गरिएको थियो। विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा कवि लाकोजूले आफ्नो लेखनको मूल प्रेरणा तत्कालीन परिवेश, सामाजिक घटनाक्रम र समाजप्रतिको दायित्वबोध भएको बताए। “साहित्य परिवर्तनको प्रतीक हो,” उनले भने, “यसले सिङ्गो समाजलाई सकारात्मक ऊर्जा दिन सक्छ।”

    ‘घाम’ जस्ता प्रतीकको बारम्बार प्रयोग, समकालीन नेपाली साहित्यमा उनको स्थान तथा अनुसन्धानमूलक कृतिको विश्वसनीयताबारे उठेका जिज्ञासामा उनले स्पष्ट पारे, “‘घाम’ मेरो लेखनमा आशा, ऊर्जा र जीवनदर्शनको प्रतिनिधि हो, जसले निराशाबीच उज्यालोको सम्भावना देखाउँछ।”

    अन्तरसंवादमा उनका विभिन्न विधाका कृतिहरूमाथि विशेष चर्चा गरिएको थियो। उनका कविता सङ्ग्रहहरू स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम र घामको पर्खाल रहेका छन्। मुक्तक सङ्ग्रहहरू भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू, स्वर्णिम धुन र अक्षरका स्वरूप प्रकाशित छन् भने कथा सङ्ग्रहमा सत्याग्रह उल्लेखनीय छ।

    हाइकु सङ्ग्रहमा गुराँस फुल्ने मन र अक्षरका स्वरहरू रहेका छन्। अनुसन्धानमूलक तथा सांस्कृतिक निबन्धहरूमा पनौती, पनौतीको बाह्रवर्षे मकरमेला र पनौतीका केही जात्रापर्वहरू प्रकाशित छन्। जीवनीपरक÷प्रेरक कृतिहरूमा प्रेरणाको चौतारी र केही काभ्रेली अक्षरकर्मीहरू–१ समावेश छन्।

    बालसाहित्यतर्फ कोपिला, यमरी, घाम उदायो, फूलैफूल, साथी, मेरो सानो घर र मकरको कथा प्रकाशित छन्। नियात्रा कृति आसामको स्पर्श, गीत सङ्ग्रह सुसेली, संस्मरण स्मृतिको आँखिझ्यालबाट तथा सिर्जना–प्रशिक्षणसम्बन्धी सिर्जना लेखनकला समेत उनका महत्वपूर्ण कृतिहरू हुन्।

    कार्यक्रम सञ्चालक हरिसुन्दर छुकांले कवि लाकोजूको लेखन यात्रा, चुनौती, अवसर र भविष्यका योजनाबारे दर्जनभन्दा बढी जिज्ञासा राखेका थिए। जवाफमा लाकोजूले आफूलाई “अक्षरकर्मी”को रूपमा परिचित गराउँदै आफ्नो लेखनले देश र समाजलाई सकारात्मक योगदान दिनुपर्छ भन्ने धारणा व्यक्त गरे। अन्तरसंवादका बीचबीचमा कविता वाचन गर्दै उनले देश, काल र परिस्थितिको चित्रणसमेत प्रस्तुत गरे।

    उनले लेखकमा लोभ, लालच र डरभन्दा माथि उठेर सत्यको पक्षमा उभिने साहस हुनुपर्ने उल्लेख गर्दै साहित्यमा देखिएका विकृतिप्रति कटाक्ष पनि गरे।

    अन्तरसंवादमा काठमाडौंका राजेश केसी, भक्तपुरकी सृजना प्रजापति, भक्तपुरका पुरूषोत्तमलोचन श्रेष्ठ, काभ्रेका श्रीराम कर्माचार्य र खोटाङका श्रीराम राईलगायतले कवि लाकोजूका काव्य प्रवृत्तिगत विशेषता, प्रकृतिप्रेम, आध्यात्मिक संवेदना, सङ्घर्ष र योजनाबारे जिज्ञासा राखेका थिए।

    सहभागीहरूले यस्ता कार्यक्रमले साहित्यलाई पाठ्य विषयमात्र नभई जीवित अनुभवका रूपमा बुझ्ने अवसर प्रदान गरेको बताए। कार्यक्रमको अन्त्यमा बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले कवि लाकोजूलाई मायाको चिनो प्रदान गर्दै आगामी दिनमा पनि स्थानीय तथा राष्ट्रिय स्रष्टासँग नियमित अन्तरसंवाद कार्यक्रम आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution