तिप्चोक,
बेथानचोक ४ मा रहेको श्री भूमिमाता माविको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ । सम्मान पुरस्कार वितरण वितरण, शैक्षिक प्रदर्शनी तथा विविध विविध सांस्कृतिक कार्यक्रमको साथ वार्षिकोत्सव कार्यक्रम भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा भएको थियो ।
कार्यक्रममा विद्यालय भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्दै मल्पी इन्टरनेल स्कुलका कार्यकारी अध्यक्ष ज्योतिमान शेरचन, माइती नेपालका तत्कालीन कार्यवाहक अध्यक्ष विश्वराम खड्का,आपसका निम्ति समाजका तत्कालीन अध्यक्ष प्रचण्डराज प्रधान, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेशका पूर्वमन्त्री वसुन्धरा हुमागाई , विद्यालयका निवर्तमान प्रधानाध्यापक शम्भुलाल श्रेष्ठ पूर्व विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष्यहरु कृष्णबहादुर तामाङ र चन्द्रबहादुर तामाङ, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष हरु बुद्धिकृष्ण दाहाल र औतासिंह तामाङ, सहायक प्रधानाध्यापक रामेश्वर प्रधान लाई सम्मान गरिएको थियो ।
२०७९ सालको एसइइ परीक्षामा आफ्नो विषयमा उच्चतम अंकका साथ विद्यार्थी लाई उत्तीर्ण गराउन सफल स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषय शिक्षक शम्भुलाल श्रेष्ठ नेपाली विषय शिक्षक रन्जु खत्री र र विज्ञान तथा प्रविधि विषय शिक्षक रमा फुयाललाई नगद पुरस्कार सहित कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विविध कार्यक्रमहरूमा उत्कृष्ट हुने विद्यार्थीहरू स्कुल टपर, विद्यार्थी सरसफाई तथा अनुशासनका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुको साथै उत्कृष्ट हुने वातावरण सदनलाई रनिङशील प्रदान गरिएको थियो । आफूले पाउने बिदा सुविधा पनि बचाएर काम गर्ने शिक्षक सोम माया तामाङ र समयमा नै घेराबार निर्माण काम सम्पन्न गर्ने मुख्य मिस्त्री भीमबहादुर तामाङलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भगवान अधिकारी , विशिष्ट अतिथि पालिका उपाध्यक्ष तारा राणा तिमिल्सिना, पालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, पालिका पूर्व उपाध्यक्ष सरिता लामिछाने तामाङ ,माइती नेपालका विश्वराम खड्का,नेपाल शिक्षक संघ सङ्घीय उपमहासचिव नारायण तिमिल्सिना, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे, मल्पी इन्टरनेसनल स्कुलका प्रिन्सिपल जोन ए बबुल, भालेश्वर माविका सहायक प्रधानाध्यापक हरि तिमिल्सिना,समाजसेवी मच्छिन्द्र लामा, विद्यालयका निवर्तमान प्रधानाध्यापक शम्भुलाल श्रेष्ठ ,शिक्षक अभिभावकसँग अध्यक्ष हिराकाजी लामा, सल्लाहकार कृष्णबहादुर तामाङ सहायक प्रधानाध्यापक रामेश्वर प्रधान, विद्यार्थीहरु रोशनी तामाङ र वर्षा तामाङले कार्यक्रममा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद हुमागाईंले विद्यालयको प्रगति र कार्य योजना पेश गरेका थिए ।