बनेपा /काभ्रे उद्योग बाणिज्य संघ काभ्रेपलाञ्चोकको चुनाबले यतिबेला बजार तातेको छ । जेठ १९ गते शनिबार हुने ४२ औ बार्षिक साधारण सभा सहितको निर्वाचनका नेतृत्व पङ्तीका लागि लाइनमा रहेका उद्योगी ब्यबसायीहरु प्यानल बनाएरै चुनाबी मैदानमा उत्रिएका छन् । १ हजार २ सय ४६ मतदाताको नामावली प्रकाशन गरिएको काभ्रेपलाञ्चोक उद्योग बाणिज्य संघले ३० पदका लागि निर्बाचन गर्नेछ । निर्वाचन कार्यतालिका अनुसार २०८१ जेठ १५ गते विहान १० बजे नमावली प्रकाशन गर्ने कार्य सूचि अनुसार मतदाता नामावली प्रकाशन भएको छ ।
उद्योग बाणिज्य संघको विद्यान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव, सह सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, मुख्य संयोजक, सह मुख्य संयोजक पदाधिकारी हुने ब्यवस्था छ । त्यस्तै १० जना सदस्यहरु निर्वाचित, २ जना महिला निर्वाचित, क्षेत्रगत सदस्य ८ जना र मनोनित ३ गरी ३४ सदस्यीय कार्य समिति गठन हुनेछ । त्यस्तै केहि ब्यक्तिहरुलाई विशिष्ट आमन्त्रित सदस्यका रुपमा मनोनित गर्ने ब्यवस्था रहेको काभ्रे उद्योग बाणिज्य संघले जनाएको छ ।४२ औ बार्षिक साधारण सभाको निर्वाचनका लागि समुहगत प्रतिस्पर्धाका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा होडबाजी चलिरहेको छ । बुधबार हुने उम्मेद्वारी दर्ताका लागि उम्मेदवारी दर्ता गर्ने गरी वर्तमान बरिष्ठ उपाध्यक्ष प्रताप बैद्यको नेतृत्वमा एउटा समुह घोषणा भएको छ ।
विशिष्ट आमन्त्रित सदस्य राजन मानन्धरको नेतृत्वमा अर्काे समुह घोषणा गरिएको छ । तर बिडम्बना कसैले पनि महिला नेत्तृत्वलाई अगाडी सारेका छैनन् । यस अघि अध्यक्ष पदका प्रत्यासी बसन्तरानारायण भोक्षिभोयाले एकल अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । तिनै जना अध्यक्ष पदका उम्मेदवारले ब्यवसायीहरुको हक हितका लागि आफ्नो नेतृत्वलाई विजयी गराउन ब्यवसायीहरुलाई आब्हान गरेका छन् । प्रताप बैद्यको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष ग्रुवेन तौजले, उपाध्यक्षहरुमा उमेश शाक्य र विकास शर्मा, महासचिव यश कुमार रञ्जित, कोषाध्यक्ष मानकाजी प्रधान, मुख्य संयोजक राजेशकुमार श्रेष्ठ, सचिव कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजक भिम आचार्य, सह कोषाध्यक्ष श्यामकुमार भालु र सह सचिव सरोज श्रेष्ठ रहेका छन् ।
अध्यक्ष पदका उम्मेदवार प्रताप बैद्यले आर्थिक मन्दीमा ब्यवसायीहरुले झेल्नु परेका समस्या, साना तथा घरेलु उद्योगहरुको ब्यवसायीकता, कानूनी सहजिकरण, बार्षिक क्यालेन्डर सहितका कार्यक्रम र उद्योगी ब्यवसायीहरुलाई अभिभावक रहेको महसुस गराउनु मुख्य एजेण्डा रहेको बताएका छन् । उनी साधारण सदस्य हुँदै विभिन्न पदमा रहेर संघको जिम्मेवारी सम्हालिरहेका छन् । बरिष्ठ उपाध्यक्ष पदमा उनि दोश्रो पटक निर्विरोध भएका हुन् ।
राजन मानन्धरको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, उपाध्यक्षहरुमा राजेन्द्र जोशी र सुरेश भोक्षिभोया, महासचिव रजित पलाञ्चोके, कोषाध्यक्ष सुविन्द्र राजभण्डारी, मुख्य संयोजक विज्ञान धौगोडा, सचिव श्रीकृष्ण थापा, सह मुख्य संयोजक रवि तौजले, सह सचिव रामकुमार श्रेष्ठ र सह कोषाध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन् ।
अध्यक्ष पदका उम्मेदवार राजन मानन्धरले समग्र ब्यवसायीहरुको सारथी बन्ने घोषणा गरेका छन् । जिल्लाका उद्योगी ब्यवसायीहरुलाई ब्यवसाय गर्न सहजता प्रदान गर्ने, साना तथा घरेलु उद्योगीहरुलाई उद्यमतामा विस्तार गर्ने, जिल्लामा भएको सम्भावनालाई ब्यवसायीकता र औधोगिकीकरण गर्ने मुख्य एजेण्डा रहेको बताएका छन् । सँगै अध्यक्ष पदका लागिमा बसन्तनारायण भोक्षिभोयाले एकल उम्मेद्वारी घोषणा गरेका छन् । उनि अघिल्लो पटक वर्तमान अध्यक्ष राजेन्द्र पसँक्षेको समुहसँग पराजित भएका थिए ।
भोक्षिभोयाको समुहबाट उनि र केहि बाहेक अधिकांश विजयी भएका थिए । त्यहि बदला लिन भन्दै भोक्षिभोयाले एकल अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको बताइएको छ । चार ‘स’ कायम गर्न आफ्नो उम्मेदवारी रहेको सामाजिक संजाल मार्फत भोक्षिभोयाले घोाषणा गरेका छन् । समय, साझेदारी, सहकार्य र सर्तकता उनले आफ्ना मुख्य एजेण्डा बनाएका छन् ।