नमोबुद्ध/काभ्रेपलाञ्चोक जिल्ला स्थित नमोबुद्ध नगरपालिकामा मेयर कुनसाङ लामाले मनोमानी ढंगबाट नगर प्रहरी छनौट गरेको सुचना प्राप्त भएको छ ।
नपरपालिकाले नगर प्रहरी छनौटका लागि बिधी पूर्वक सुचना प्रकाशित गरे पनि मेयर लामाको ठाडो हस्तक्षेपमा नगर प्रहरी छनौट गरिएको बताइएको छ । नगरपालिकाले नगर प्रहरी छनौटका लागि आबश्यक योग्यता बापत विभिन्न मापदण्ड तोके पनि छनौट प्रक्रियामा आसेपासे र मेयरको नजिकको ब्यक्तिलाई छनौट गरिएको अन्य प्रतिष्पर्धीहरुले आरोप लगाएका छन् ।
उनिहरुका अनुसार नगरपालिकाको मेयर भनेको सबैको अभिभाबक हो । कि सिधै भर्ना गर्नुपथ्र्यो हैन भने कानुनी प्रक्रिया बाट सुुचना निकाली सकेपछि नियम र कानुन लाई कोही कसैले पनि कुल्चन मिल्दैन । किन योग्यता मापदण्ड तोकियो ? तोकिएको मापदण्डमा किन छनौट गर्न नसकेको ? यी यावत प्रश्न नगरपालिका समक्ष उनिहरुको छ ।
नगरपालिकामा यो विषयमा निबेदन पेश गर्दा सुनुवाई नभएपछी उनिहरुले जिल्ला प्रशासन कार्यालय धुलिखेलमा निबदेन दर्ता गरेका छन् । नगरपालिकालाई यस विषयमा सोध्न खोज्दा कोही जानकार नभएको साथै मापदण्ड अनुसारनै छनौट गरेको नगरपालिकाको सरोकारवाला ब्यक्तिहरुको जिकिर छ । तर छनौट प्रक्रियाको शुरुवाती अबस्था बाटै घुसपैठ भएको आरोप नगर प्रहरी प्रतिष्पर्धीहरुको छ ।
उनिहरुका अनुुसार, न पुर्व सैनिक, प्रहरी हेरियो, न स्थानियलाई प्राथमिकतामा राखियो, दौड र शारिरिक तन्दुरुस्तीको त कुरै छाडौं सबै नियम बिपरित छनौट गरिएको छ । नगरपालिकाले साथै जिल्ला प्रशासनले यो विषयमा सुनुवाई नगरे माथिल्लो निकायमा जाने उनिहरुको तयारी छ ।