धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित काठमाण्डौ विश्व विद्यालयमा हुन गइरहेको विश्व युवा सम्मेलन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
धुलिखेल स्थित काठमाडौँ विश्व विद्यालयको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका शैक्षिक संस्था बाट प्रतिनिधिहरू का साथै विभिन्न विद्यालयबाट विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा,नेपाली काँग्रेसका नेता तीर्थ बहादुर लामा, माओवादी केन्द्रका रत्न ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको प्रमुख दीपक गौतमले विश्व युवा सम्मेलनले नेपालको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले मौसम परिवर्तसँगै विश्व मानव समुदायमा परेको समस्या बारे पनि छल्फल हुने पनि बताए । कार्यक्रममा मिस ग्लोब २०२४ कोलम्बियाकी डायना मरियानाले कार्यक्रममा उपस्थित भएर आफ्नो मन्तव्य व्यक्त गरेकी थिइन् । उनले भनिन् नेपालको यो विश्व युवा सम्मेलनले भाइचारा सँगै विश्वको युवा समस्या सँगै विकास निर्माणका युवाको भूमिका राजनैतिक समस्या बारे छलफल हुने बताइन् ।
कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य विभिन्न विद्यालयका विद्यार्थीहरू ले प्रस्तुत गरेका थिए । युवा सम्मेलन मा १ सय देशका युवाको सहभागिता रहने जिल्ला समन्वय समितिले जनाएको छ ।