बनेपा
नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशसरण महतले रातारात छलफल गरी तयार पारिएको शिक्षा विधेयक सरकार परिवर्तनका कारण संसदमा पेस गर्न ढिलाई भएको भन्दै अब छिट्टै संसदले छलफल गरेर यसको टुङ्गो लगाउने बताएका छन् ।
शिक्षकहरुको सेवा सुविधाको विषयमा विकसित देशका शिक्षकहरु पनि विभिन्न समस्यामा रहेका उनीहरु पनि सन्तुष्ट हुन नसकेको भन्दै नेपालका शिक्षकहरुलाई राज्यमा उपलब्ध सिमिति स्रोत र साधनका कारण आकर्षक सुविधा उपलब्ध गराउन कठिन रहेको बताए ।
नेपालमा प्रजातन्त्र प्राप्तिको समय सम्झँदै कहाली लाग्दो इतिहास रहेको र अहिले मुलुक विकासको गति अघि बढिसेकेको बताए । अरु राष्टसँग तुलना गरेर विकास भएन भन्नेहरु अधिक भएका भन्दै शिक्षा, आर्थिक तथा समाजिक क्षेत्रमा देश विकासको बाटोमा अघि बढि सकेको उनको दावी थियो ।
सामुदायीक र निजी शिक्षालाई लिएर २ किसिमको शिक्षा प्रचलनमा आयो भन्ने भाष्य गलत भएको महतको भनाई थियो । न्युन स्रोत र साधन उपलब्ध भएको देशमा सबै राज्यले गर्न नसक्ने उनको तर्क थियो । ‘आफैं खर्च गरेर पढाउँछु कसैले भन्छ भने त्यो गलत होइन’ उनले भने ।
नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोक बनेपमा भएको को २३ औँ जिल्ला प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रमको महतले उदघाटन गरेका थिए ।
कार्यक्रमको उदघाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । देशमा सामाजिक र आर्थिक विकासको नेतृत्व नेपाली काँग्रेसले गरेको भन्दै बलबाट सत्ता प्राप्ति हुँदैन जनताबाट अनुमोदित भएर मात्र सत्ता संचालन गरिनुपर्छ भन्ने विचार स्थापित पनि नेपाली काँग्रेसले नै गरेको उनको दावी थियो ।
काँग्रेस भित्रै गुटका रुपमा विपक्षीको भूमिका निर्वाह गर्नेहरुको संख्या बढेको उनले दुखेसो गरे । ‘सत्यको मुख बन्द भएपछि मिथ्याको प्रभुत्व बढ्ने’ भन्ने विपीको भनाईलाई स्मरण गर्दै सामाजिक संजाललाई प्रयोग गरेर काँग्रेस भित्र बाटै अनावश्यक आलोचना गर्ने प्रवृत्ति बढेको र त्यस्ता गतिविधिलाई हो मा हो मिलाउनेहरुको संख्या उत्तिकै रहेको उनको गुनासो थियो । स्थानीय तह देखि केन्द्रसम्म गुट मौलाएको र विपक्षीको भूमिका आफ्नै संगठन भित्रका सदस्यहरुले निर्वाह गरेको उनको आरोप थियो ।
पार्टीभित्र गुटउपगुटको चिरफार गर्दै एकताको सन्देशले मात्रै आगामी निर्वाचन ०८४ मा कांग्रेस एक्लै निर्वाचनमा सहभागी हुन सक्ने उनको भनाई थियो । ‘गुट अन्त्य गरी संगठित र एकजुट हुन जरुरी छ व्यक्तिवादी प्रवृत्ति त्याग्दै ‘म’ भन्ने संस्कारको अन्त्य हुनु पर्छ’ उनको तर्क थियो ।
कार्यक्रममा महतले राष्ट्रलाई संकट पर्दा शिक्षकहरुले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै लोकतन्त्र स्थापनामा पनि शिक्षकहरुको सक्रियता स्मरण गर्न लायक रहेको बताए । शिक्षकको पेसागत हक हितका विषयमा आवश्यक कार्यगर्न नेपाली काँग्रेस सदा तयार रहेको उनले बताए ।
सामुदायीक विद्यालयका शिक्षकको रोजगारी सुनिस्चित छ तर निजी क्षेत्रको शिक्षकको रोजगारीमा सुनिस्चितता नभएको तर्क गर्दै सामुदायिक विद्यालयको नतिजा कमजोर आउनका कारण खोजी हुनु पर्ने र गुणस्तर सुर्धान सरकारले सहयोग गर्ने उनको भनाई थियो ।
बर्तमान गठबन्धनको विषयमा महतले भने,े ‘अप्राकृतिक गठबन्धन बनेको आरोप लागेको छ । पार्टी पार्टीको सेवाको लागि सत्तामा जाँदैन जनताको सेवाका लागि जाने हो ।
सरकारबाहिर रहेर जनताको सेवा हुँदैन भन्ने बुझेर पनि देश र जनता कै हितका लागि यो समिकरण र यो सरकार बनेको हो ।’ उनको भनाई थियो ।
कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाई र मधुप्रसाद आचार्य, जिल्ला सभापति तिर्थ लामा, नेपाली काँग्रेसको प्रतिनिधि सभा एकका सभापति दिनेश लामा, दुईका महेश खरेल लगायतले शिक्षा र शिक्षकका विषयमा चर्चा गरेका थिए ।
नेपाली काग्रेसका जिल्ला स्तरका नेताहरु विभिन्न भातृसंगठनका प्रतिनिधिहरुको उपस्थितिमा भएको सभामा २०८० र २०८१ मा जिल्लाबाट शिक्षक सेवा आयोगमार्फत सिफारिस हुने शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल शिक्षक संघका अध्यक्ष शम्भु प्रसाद घिमिरेको सभापतित्वमा भएको थियो ।