काभ्रे
सुख्खा पहिरोका कारण नमोबुद्ध नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।
विहीवार दिउँसो नमोबुद्ध नगरपालिका वडा नं १ कानाकोट स्थित बृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो खसि सोहि भवनको दोस्रो तल्लाको पिल्लर ढली रडले टाउकोमा लागी मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भवनमा काम गर्ने कामदार पर्सा जिल्ला सखुवापर्सेनी ३ बस्ने दुर्जन माझी हुन् । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी विहीवार दिउँसो नै भुम्लु गाउँपालिका वडा नं १ सापिङ बस्ने बर्ष ३५ को श्रीकृष्ण गिरीको लडेर मृत्यु भएको छ । आफ्नै घरदेखि केही टाढा सापिङ आङगे खोल्सामा लडी मृत अवस्थामा रहेको खबर प्राप्त हुनसाथ प्रहरीचौकी दोलालघाट इलाका प्रहरी चौकी कार्तिकेदेउरालीबाट खटिगएका प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रहरीका अनुसार मृतक श्रीकृष्ण गिरी तीन तले भिरबाट अन्दाजी ३५/४० मिटर तल खसि आङगे खोल्सामा मृत अवस्थामा फेला परेको निजको टाउको र सरीरमा चोट देखिएको प्रहरीले जनाकारी दिएको छ ।