• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ६, बुधबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१ दिन अघि
२

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ हफ्ता अघि
३

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ हफ्ता अघि
४

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

दह लोकार्पित

२ महिना अघि
६

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

४ महिना अघि
७

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

४ महिना अघि
८

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

४ महिना अघि
९

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

५ महिना अघि
१०

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

५ महिना अघि
११

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

५ महिना अघि
१२

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

५ महिना अघि
होमपेज /  अर्थ खबर
  • ३३६ पटक पढिएको
  • नेफ्स्कुुन आवद्ध सहकारी भित्र तेस्रो स्थानमा सामुदायीक पनौती

  • नवराज सापकोटा
  • २०८० आश्विन २८, आईतबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौतीमा केन्द्रिय कार्यालय रही अन्य जिल्लामा समेत सेवा दिँदै आएको सामुुदायिक बचत तथा ऋण सहकारी संस्थाले २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
    संस्थाले ७ वटा एकाइमा एकै दिनसभा सम्पन्न गरेको छ । संस्थाको मुख्य कार्यालयमा संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभापतित्व र पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा  सभा सम्पन्न भएको हो ।
    सभाका प्रमुख अतिथि एवम् पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सामुदायिक बचत तथा ऋण सहकारी संस्था काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै उत्कृष्ट संस्थाको रुपमा  परिचय बनाइ सकेको बताए ।
    संस्था एकीकरणको अभियानलाई महत्वपूर्ण रुपमा अगाडि लैजाँदैगर्दा नेपालकै सहकारी अभियानमा अत्यन्तै महत्वपूर्ण भूमिका पुर्याउन सफल सहकारीको रुपमा स्थापित हुन सक्नु पर्ने भण्डारीको भनाई थियो । सामाजिक र सामुदायिक क्रियाकलापलाई विशेष जोड दिँदै सदस्यको जिविकोपार्जन र आर्थिक स्तर वृद्धिका लागि योजनावद्ध रुपमा कार्य गर्दै सदस्यलाई व्यवसायिकतामा जोड दिई नमूना सहकारीको रुपमा स्थापित गर्न संस्था सफल रहन्छ भन्ने उनले विश्वास व्यक्त गरे ।
    कार्यक्रमका विशिष्ट अतिथि वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशव दंगालले दिगो र सुरक्षित संस्थाको रुपमा रही एकीकरण अभियान मार्फत सहकारी अभियानलाई अगाडि बढाई रहेको संस्थाले सुशासनमा पनि अब्बलता कायम राख्दै आएकोमा खुसी व्यक्त गरे ।
    जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले सहकारीहरुले सदस्य, समुदाय र राष्ट्रकै आर्थिक स्तरोन्नतीमा गरेको योगदानको उल्लेख गर्दै सामुदायिक सहकारी अभियानको उत्कृष्ट संस्थाको रुपमा रहेको बताए । जिल्ला बचत संघका संचालक सदस्य विनोद सापकोटाले सहकारी अभियानमा एकीकरण मार्फत नेपालकै सबैभन्दा ठूलो संस्थाको रुपमा स्थापित हुन सकोस भन्ने शुभकामना दिए ।
    नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले एकीकरण अभियानमा उत्कृष्ट मात्र नभई देशकै ठूलो संस्थाहरुको स्थानमा स्थापित हुँदै गर्दा यसबाट आएका चुनौतीहरुको विषयमा समेत समीक्षा गर्नुपर्ने बताए ।
     आन्तरिक सवलतालाई पनि प्राथमिकताको रुपमा राखी सवलताका साथ दिगो संस्थाको रुपमा स्थापित हुन सफल रहोस भन्दैे संस्था एकीकरण पश्चात नेफ्स्कुनका सदस्य संस्थाहरु मध्ये वासलात अंकको हिसाबले तेस्रो स्थानमा र सदस्य संख्याको हिसाबमा चौंथो स्थानमा पुग्न सफल रहेको सापकोटाले जानकारी दिए ।
    ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहालले  शेयर सदस्यहरुको विश्वासलाई जित्न सफल, उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न सफल रहेको उल्लेख गर्दै  सदस्यले सबै प्रकारका सेवा एकै स्थानबाट प्राप्त गर्न सकुन भन्ने उद्देश्यले  ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सामुदायिक सहकारी संस्था एकीकरणको सम्झौता भई अगाडि बढि सकेको जानकारी गराए ।
    संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले संस्थाको इतिहासको बारेमा जानकारी गराउँदै हाल १० वटा संस्था एकीकरण भई बनेको यस संस्थाले काभ्रेपलाञ्चोक  लगायत काठमाण्डौ उपत्यका सहित ४ जिल्ला कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई प्रत्यक्ष रुपमा सुरक्षित, दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध गराएको जानकारी दिए ।
    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन संस्था सफल भएको भन्दै संस्थाको विकास विस्तार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबै क्षेत्रबाट सहयोग प्राप्त भएको उनको भनाई थियो ।
    संस्थाका प्रमुख सल्लाहकार दीपक थापाले सहकारी एकीकरण आजको आवश्यकता र अभियानको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै  संस्थाले यस अभियानको सम्मान गर्दै अनुशासित रुपमा अभियानलाई अगाडि बढाउँदै संस्थालाई सधैं उत्कृष्टता कायम राख्न सक्नुपर्ने तर्क गरे ।
     बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष भिम बहादुर के सीले सहकारी संस्थाहरुका सदस्यले संस्थाप्रतिको चासोलाई कमि गर्न नहुने विचार व्यक्त गरे   । सभामा पनौती न.पा. वडा नं. ४, का वडाध्यक्ष श्री दिपक दाहाल सहकारीकर्मी रामहरी दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन  संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गरेका थिए ।
    कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई नेपाल भरिका बचत तथा ऋण सहकारी संस्थाका विकास र विस्तारमा योगदान भएकोमा कदर स्वरुप सम्मान गरिएको थियो । काभ्रेपलाञ्चोक जिल्लाका शानका रुपमा नेपालमा आयोजित मेरो भ्वाइस यूनिभर्समा सहभागी भई सेकेण्ड रनरअपको रुपमा सफलता प्राप्त गर्नु भएका संस्थाका शेयर सदस्य शरद हुमागाईंलाई उज्वल भविष्यको कामना सहित सम्मान गरिएको थियो ।
    संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले नीति, विधि र प्रविधिको अधिकतम सदुपयोग गर्दै सुशासनको पूर्ण पालनामा प्रतिवद्ध रहेको, सुशासनको अभियानमा सधैं साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
    संस्थाले  १५ प्रतिशतको दरले शेयर लाभांश वितरण गर्ने, संरक्षित पँुजि फिर्ता कोष वितरण गर्ने, बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि., पनौती स्थित एकिकृत बचत तथा ऋण सहकारी संस्था लि., बनेपा स्थित ओम जगतगुरु शंकर बचत तथा ऋण सहकारी संस्था लि. र धुलिखेलको विश्वरुपा बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्दै २९ औं वार्षिक साधारण सभाको समापन भएको छ ।
    संभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाको आ.व. ०७९/०८० को अन्त्य सम्ममा शेयर सदस्य र बाल सदस्य ५१०१५ जना, वासलात ४ अर्ब ४६ करोड, शेयर पुँजी ३९ करोड ४४ लाख, जगेडा कोष ३६ करोड ३१ लाख, अन्य कोषहरु १८ करोड ७२ लाख, बचत निक्षेप २ अर्ब ९२ करोड, ऋण लगानी ३ अर्ब ५९ करोड रहेको छ ।
    • #samudaik-panauti
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ताजा समाचार
    १

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    २

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ३

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ४

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ५

    दह लोकार्पित

    ६

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ७

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ८

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ९

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    १०

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution