काभ्रे। काभ्रेको पनौतीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
समाजसेवी, शिक्षासेवी तथा नाट्यकर्मी स्वर्गीय मच्छेनारायण कर्माचार्याको स्मृतिमा मच्छे क्लिनिक पनौतीले एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । सो स्वास्थ्य शिविरमा रगतको परिक्षण, एक्सरे, थेरापी लगायतका सेवा निशुल्क उपलब्ध गराएको थियो ।
मुटुरोग, सामान्य चिकित्सा, बालरोग लगायतका डाक्टरहरुले दिनभर पनौती क्षेत्रका जनसमुदायको स्वास्थ्य परिक्षण गरेका थिए भने आवश्यक औपाधि पनि निशुल्क उपलब्ध गराइएको थियो । सो स्वास्थ्य शिविरमा करिब दुई सय जनाले स्वास्थ्य परिक्षण गरी लाभ उठाएको कुरा आयोजक मच्छे क्लिनिक पनौतीका प्रताप कर्माचार्यले बताए ।
स्वास्थ्य शिविरको समापन कार्यक्रममा सेवा प्रदान गर्ने डाक्टरहरु, स्वास्थ्य स्वयमसेवकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । शिविरको समापन गर्दै मच्छे क्लिनिक पनौतीका प्रोपाइटर प्रदीप कर्माचार्याले स्वर्गीय पिताको सम्झनामा यस्तो काम गर्न पाउँदा खुसी लागेको बताए ।