• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  Breaking News
  • ४७२ पटक पढिएको
  • पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

  • नवराज सापकोटा
  • २०८२ जेष्ठ १७, शनिबार (९ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती / नेपालको संविधान २०७२ मा प्रत्येक बालबालिकाको आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क हुने र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रावधान रहेको छ।

    यस संवैधानिक मर्मअनुसार उद्देश्य प्रप्तिका लागि देशभरका पालिकाहरूले शिक्षा क्षेत्रमा योजनाबद्ध प्रयास गरिरहेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका पनि यिनै प्रयासहरूमध्ये एक सशक्त उदाहरण बनेको छ । जसले आफूलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयन गरिएको पालिकाको रूपमा घोषणा गर्ने अन्तिम तयारीको चरणमा छ ।

    नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमका अनुसार यस अभियानलाई व्यवहारमा उतार्न नगरले चरणबद्ध रूपमा योजनाहरू अघि सारेको छ । नगरका १२ वटै वडाहरूमा वडा शिक्षा समिति गठन गरी ती समितिहरूमार्फत घरदैलो सर्वेक्षण गरिएको छ । जसअन्तर्गत विद्यालयबाहिर रहेका बालबालिकाहरूको पहिचान गरिनुका साथै उनीहरूको विद्यालय भर्ना कार्यसमेत सम्पन्न भइसकेको छ।

    शिक्षा अभियानलाई सशक्त बनाउन नगरस्तरमा सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया, छलफल, राय–सुझाव संकलन जस्ता कार्यक्रमहरू सम्पन्न भएका छन् । यी सबै क्रियाकलापहरूले पनौतीलाई घोषणातर्फ उन्मुख गराएको देखिन्छ । शिक्षा शाखाका निर्देशक प्रणयराज न्यौपानेका अनुसार हाल नगर क्षेत्रमा १८ वर्ष उमेर समूहभित्रका जम्मा २० जना बालबालिका विद्यालयबाहिर रहेका तथ्याङ्क संकलन गरिएको छ, । जसमा ११ जना (पूर्ण अशक्त) ‘क’ वर्गका अपाङ्गता भएका बालबालिका रहेका छन् । बाँकी ९ जना भने नगर बाहिर बसोबास गर्ने वा उमेर समूहमा नपर्ने भएकाले उनीहरूलाई पनि विद्यालयमा समावेश गर्न प्रयास भइरहेको छ।

    आवश्यक न्यूनतम मापदण्ड अनुसार ९९ प्रतिशत भर्ना दर पुगेको अवस्थामा नै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गर्न कानुनी व्यवस्था छ । जसले गर्दा कार्यक्रमको उद्देश्य प्राप्तिको निकट पुगेको बताइन्छ ।

    शुक्रवार पनौती नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको नगरस्तरीय सरोकारवाला सचेतना कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले पनौतीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै पर्याप्त मात्रामा बजेट विनियोजन गरेको जानकारी दिएका थिए ।

    उनले शिक्षाको जिम्मेवारी पालिकाले नलिँदा प्रणालीमा बेथिति र भाँजो उत्पन्न हुने र लिँदा कतिपय अवस्थामा सामाजिक द्वन्द्व पनि सिर्जना हुन सक्ने यथार्थ प्रस्ट्याउँदै, प्रारम्भमा वडास्तरबाट अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरी नगरस्तरमा पूर्ण कार्यान्वयनतर्फ उन्मुख हुने योजना सुनाए ।

    यद्यपि नीति र नियमले विद्यालय शिक्षालाई निःशुल्क बनाएको भए पनि व्यवहारमा केही सामुदायिक विद्यालयहरू चन्दा, गाडी भाडा, अतिरिक्त शुल्क लगायत विभिन्न शीर्षकमा रकम संकलन गरिरहेको गुनासो कार्यक्रममै उठाइएको थियो ।

    अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनसम्बन्धी नियमावली २०७७ ले विद्यालयहरूले माध्यमिक तहसम्मका विद्यार्थीहरूबाट भर्ना शुल्क, परीक्षा शुल्क, मासिक शुल्क तथा पाठ्यपुस्तक बापतको शुल्क लिने नहुने व्यवस्था स्पष्ट रूपमा गरेको छ । जसले गर्दा पनि यस्ता प्रावधानको पूर्ण कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको देखिन्छ, । जसले गर्दा घोषणासँगै आवश्यक स्रोतको व्यवस्थापन,निगरानी, अनुगमन र पालना सुनिश्चित गर्ने संरचनात्मक संयन्त्रहरू सुदृढ गर्नु आवश्यक पर्ने बुद्धिजिवीहरु बताउँछन् ।

    पनौती नगरपालिका केवल घोषणा गर्ने प्रक्रियामा सीमित नभई, त्यसलाई व्यवहारमा रुपान्तरण गर्न क्रियाशील देखिएको छ । विद्यालयबाहिर रहेका बालबालिकाहरूको पहिचान, वडा र नगरस्तरीय समन्वय, बजेट विनियोजन, सरोकारवालासँगको सहकार्य र नीति कार्यान्वयनको पहलले नगरपालिकाको यो प्रयासलाई विशेष बनाएको छ।

    यसले संविधानले परिकल्पना गरेको शिक्षाको मौलिक हक सुनिश्चित गर्ने मात्र होइन, स्थानीय तहबाटै समावेशी, पहुँचयुक्त र गुणस्तरीय शिक्षाको जग बसाल्ने दिशामा महत्वपूर्ण उदाहरण बन्ने चर्चा चल्न थालेको छ । जसले शिक्षालाई केवल दस्तावेजमै सीमित नराखी व्यवहारमै लागु गरिन्छ भन्ने सन्देश दिन सक्ने सरोकारवालाहरु बताउँछन् ।

    • #अनिवार्य तथा निःशुल्क शिक्षा
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution