काभ्रेपलाञ्चोक/ धुलिखेल नगरपालिकाको सत्रौं नगर सभा तथा बजेट अधिवेशन आजबाट सुरु भएको छ । सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगरसभामा नगरप्रमुख अशोक व्याञ्जुले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख निराजन जंगमले आर्थिक वर्ष २०८२/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख व्याञ्जुले आगार्मी आर्थिकवर्षमा शिक्षा, स्वास्थ्य, प्रविधिमैत्री कार्यसम्पादन, सुरक्षा, कृषि उत्पादन र पर्यटनलाई प्राथमिकतामा राखेको बताएका छन् । पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा, पर्यटन प्रवद्र्धन, गरिबी नियन्त्रण, रोजगारी सिर्जना, काभ्रे भञ्ज्याङमा रक्तसञ्चार केन्द्र स्थापना र नगर अस्पतालाई धुलिखेल किड्नी सेन्टरका रुपमा विकास गरिने लक्ष रहेको बताएका छन् ।
नगरसभामा आगामी आर्थिकवर्ष २०८२/८३ का लागि आगामी आर्थिक वर्षको लागि नगरपालिकाले चालु खर्च तर्फ ८० करोड ४ लाख ११ हजार अर्थात ६७ दशमलव ५५ प्रतिशत, पूँजिगत खर्च तर्फ ३६ करोड ८६ लाख ६९ हजार अर्थात ३१ दशमलव १२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ १ करोड ५७ लाख ७० हजार अर्थात १ दशमलव ३३ रहेको १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
