काभ्रेपलाञ्चोक/ काठमाडौंबाट मेलम्ची जाँदै गरेको हेलम्बु यातायातको यात्रु बस पाँचखालमा दुर्घटनामा परेको छ । दुर्घटनामा मण्डनदेउपुरका सात सहित आठ जना यात्रु घाइते भएका छन् ।
पाँचखाल नगरपालिका–६ हनुमानगढीस्थित अरनिको राजमार्ग सडक खण्डमा काठमाडौँबाट मेलम्चीतर्फ जाँदै गरेको बा २ ख ३२६५ नम्बरको बस आफैं अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–४ का ४० वर्षिय यज्ञबहादुर अर्याल, वडा नम्बर–९ का ६४ वर्षिय रामकुमार सापकोटा र बर्ष ६५ की चमेली सापकोटा, वडा नम्बर ८ का २५ वर्षिय रेशम राई, सोही वडाका बर्ष २४ को सविन राई, वडा नम्बर ३ का ५१ वर्षिय को धावादोर्जे तामाङ, वडा नम्बर ६ का १४ वर्षिय आर्यास राई र पाँचखाल नगरपालिका ६ को २२ वर्षिय सरला मिश्र रहेका छन् । घाइतेहरु पाँचखाल पोलिक्लिनिकमा उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका बसका चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ३० का मनोज बराइली प्रहरी चौकी पाँचखालको नियन्त्रणमा रहेका छन् ।

